बजेट निर्माण र पेस गर्ने उपप्रमुखका अधिकार कार्यान्वयन गराउन परमादेश
सारांश
- उच्च अदालत जनकपुरले उपप्रमुखको अधिकार कार्यान्वयन गर्न परमादेश जारी गर्यो।
- गाउँपालिका प्रमुखहरूले उपप्रमुखको अधिकार प्रयोग गरेको देखिएपछि अदालतले हस्तक्षेप गर्यो।
- अदालतले बजेट निर्माण प्रक्रियामा उपप्रमुखलाई सहभागी गराउन निर्देशन दिएको छ।
काठमाडौँ । उच्च अदालत जनकपुरले बजेट निर्माण र बजेट पेस गर्नेसम्बन्धी उपप्रमुखको अधिकार कार्यान्वयन गराउन परमादेश जारी गरेको छ ।
न्यायाधीश टेकनारायण कुँवर र जगदीश घिमिरेको इजलासले बुधबार गाउँपालिका उपप्रमुखको अधिकारलाई प्रमुखहरूले नै प्रयोग गर्ने गरेको देखिएकाले उक्त परमादेश जारी गरेको हो ।
परमादेशमा गाउँपालिकाका प्रमुखहरूले उपप्रमुखको अधिकार पनि आफैँले लिएर बजेट तर्जुमा गरी गाउँसभामा पेस गर्न खोजेको विषयलाई अदालतले अधिकार क्षेत्रविहीन काम गरेको उल्लेख गर्दै कानुनअनुसार उपप्रमुखले पाउने अधिकार क्षेत्र हस्तक्षेप नगर्न भनिएको छ ।
बसवरिया गाउँपालिकाकी उपप्रमुख सरिता कुमारीले गापा प्रमुखले आफूलाई जानकारी नै नदिई उपप्रमुखको अधिकार क्षेत्र हस्तक्षेप गर्दै बजेट तर्जुमा गरी गाउँसभामा पेस गर्न खोजिएको विरुद्ध रिट निवेदन दायर गरेकी थिइन् ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १३ मा उपप्रमुखका काम, कर्तव्य र अधिकार रहेको छ भने दफा ६५ ले कुनै पनि पालिकाको उपप्रमुख संयोजकत्वमा योजना तथा बजेट निर्माण समितिको हुने कानुनी व्यवस्था रहेको छ ।
अदालतले बजेट तुर्जमा उपसितिमा दफा ६७ विपरीत गाउँसभामा बजेट निर्माण प्रक्रिया अघि बढाएको देखिएकाले आगामी दिनमा बजेट निर्माण प्रक्रियामा अनिवार्य रूपमा उपप्रमुखलाई सहभागी गराउन भनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अल्लोबाट आत्मनिर्भर बन्दै महिला
-
३३ अर्ब हाराहारीको बजेट ल्याउने गण्डकी सरकारको तयारी, सांसदलाई न्यूनतम ३ करोडको सिलिङ
-
दोस्रो चरणको मतदानपछि रास्वपा लुम्बिनीमा नयाँ नेतृत्व चयन
-
विश्वकपमा इङ्ग्ल्यान्डलाई झमेलाः गोली चल्यो, भूकम्प आयो अनि फेरि सामान चोरियो
-
‘सुस्तामा एसएसबीको बुट छाप, घण्टी सरकार चुपचाप’ भन्दै विरोध प्रदर्शन, तस्बिरहरू
-
बागमती मन्त्रिपरिषद बैठक : मानव उद्धार पुनःस्थापन कार्यविधि स्वीकृत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण