काठमाडौँको तारकेश्वरमा साढे ५ लाख बराबरको धनमाल चोरी
बिहीबार, २४ पुस २०८२, १३ : ०१
सारांश
- काठमाडौंको तारकेश्वर नगरपालिकामा एक घरमा चोरी भएको छ।
- चोरीमा ५० वर्षीय मनबहादुर गुरूङको कोठाबाट सुनका गहना र नगद चोरी भयो।
- प्रहरीले फरार व्यक्तिहरूको खोजी र घटनाको अनुसन्धान गरिरहेको छ।
काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिका–७ जयन्तिपुर सुन्दर बस्तीमा बुधबार साँझ एक डेरामा चोरी भएको छ।
धादिङ नेत्रावती गाउँपालिका–१ घर भई हाल तारकेश्वरमा डेरा गरी बस्ने ५० वर्षीय मनबहादुर गुरूङको कोठाबाट सुनका विभिन्न गरगहनासहित करिब ५ लाख ५३ हजार रूपैयाँ बराबरको धनमाल चोरी भएको हो।
प्रहरीका अनुसार चोरीमा संलग्न व्यक्तिहरू हाल फरार छन्। फरार व्यक्तिहरूको खोजीका साथै घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान अगाडि बढाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन
-
न्यायिक समाचार सम्प्रेषणमा थप अध्ययन, सावधानी र जिम्मेवारी आवश्यक: प्रधानन्यायाधीश
-
टीकापुर क्याम्पसको अतिक्रमित ३०० बिघा जग्गा प्रयोगमा ल्याइने : मन्त्री पोखरेल
-
स्थानीय सरकारका बजेट : बाली हेरालुदेखि विवाह र सन्तान भत्तासम्म
-
अझै कालोपत्र भएन लोकमार्ग, यात्रु र स्थानीयलाई सधैँ सास्ती
-
फ्रान्स र नर्वेको हुनेछ रोचक भिडन्त, उरुग्वे र स्पेनमा को बलियो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण