पुल्चोक क्याम्पसमा डिजाइन थिङ्किङसम्बन्धी अन्तर्क्रिया सम्पन्न
सारांश
- पुल्चोकस्थित आईओईमा हल्ट प्राइजले 'डिजाइन थिङ्किङ एन्ड ह्युमन सेन्टर्ड इनोभेसन' विषयमा टक सिरिज गर्यो।
- हिमा अस अफशोरसँगको सहकार्यमा आयोजित कार्यशालामा विद्यार्थी र उद्यमीहरूको सहभागिता रह्यो।
- कार्यक्रममा समय खड्काले डिजाइन थिङ्किङका सिद्धान्त र सामाजिक उद्यमबारे जानकारी दिए।
ललितपुर । पुल्चोकस्थित इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) मा हल्ट प्राइजले ‘डिजाइन थिङ्किङ एन्ड ह्युमन सेन्टर्ड इनोभेसन’ विषयमा आफ्नो दोस्रो टक सिरिज सफलतापूर्वक सम्पन्न गरेको छ।
हिमा अस अफशोरसँगको सहकार्यमा सोमबार एम्बार्क कलेजमा आयोजित उक्त कार्यशालामा विद्यार्थी र सामाजिक उद्यमीहरूको उत्साहजनक सहभागिता रहेको थियो। मानवीय संवेदना र आवश्यकतालाई केन्द्रमा राखेर गरिने नवप्रवर्तनका विषयमा सहभागीहरूलाई प्रशिक्षण दिइएको थियो।
कार्यक्रममा मुख्य वक्ताका रूपमा सेयरिङ अपर्चुनिटीजका सीईओ तथा युवा सशक्तीकरण क्षेत्रका अगुवा समय खड्का उपस्थित थिए। विगत आठ वर्षदेखि प्रशिक्षक र सहजकर्ताका रूपमा कार्यरत खड्काले सहभागीहरूलाई डिजाइन थिङ्किङका सिद्धान्त र प्रयोगकर्तामा आधारित आविष्कारका बारेमा जानकारी दिए।
उनले कोभिड कनेक्ट नेपालको सह-संस्थापकका रूपमा र हाल युवाहरूलाई अवसरसँग जोड्ने कार्यमा प्राप्त गरेको अनुभवलाई कार्यक्रममा बाँडेका थिए। उनले यसअघि एमआईटी जस्ता अन्तर्राष्ट्रिय संस्थाहरूमा पनि डिजाइन थिङ्किङका ४० भन्दा बढी सत्रहरू सञ्चालन गरिसकेका छन्।
अन्तर्क्रियात्मक सत्रमा सहभागीहरूले समुदायका वास्तविक आवश्यकता पहिचान गरी समाधानका उपायहरू कसरी विकास गर्ने भन्ने व्यावहारिक ज्ञान प्राप्त गरे। मानवीय आवश्यकतालाई बुझेर गरिने डिजाइनले कसरी एउटा सामान्य विचारलाई प्रभावकारी सामाजिक उद्यममा बदल्न सक्छ भन्ने विषयमा विशेष छलफल भएको थियो। लक्षित प्रयोगकर्ताको अनुभवलाई समेटेर अवधारणालाई कसरी परिष्कृत गर्ने भन्ने सीप सहभागीहरूलाई सिकाइएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवसायीको नाम सार्वजनिक गरिएको भन्दै औषधि व्यवसायी सङ्घ काठमाडौँको आपत्ति
-
रोजगार सेवा केन्द्रलाई रूपान्तरण गरिने, सरकारले ल्यायो नयाँ कार्यविधि
-
प्रयाङ्कको नाममा दुर्व्यवहार गर्ने दुई जना पक्राउ
-
राजमार्गमा भएका अतिक्रमण हटाउन निर्देशन
-
सर्वोच्च अदालतले इजलासको ‘लाइभ स्ट्रिमिङ’का लागि कार्यविधि बनाउँदै
-
विश्वकपको नकआउट समीकरण : अघिल्लो चरणमा पुग्न कसलाई कस्तो नतिजा आवश्यक छ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण