दुर्घटना न्यूनीकरण गर्न उपत्यका ट्राफिकले मनाउँदै ‘ट्राफिक सप्ताह’
काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक सप्ताह मनाउने भएको छ । ट्राफिक सचेतना फैलाउँदै दुर्घटना न्यूनीकरण, दुर्घटनाबाट हुने घाइते र मृत्युको दर घटाउने उद्देश्यले सप्ताह मनाउन लागिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी नवराज अधिकारीले जानकारी दिए ।
पुस २६ मा ट्राफिक सप्ताहको उद्घाटन आईजीपी दानबहादुर कार्कीले गर्नेछन् । नागरिक मैत्री ट्राफिक वातावरण सिर्जना गर्दै सप्ताह माघ ३ मा समापन हुने बताइएको छ । उद्घाटन अघि बसन्तपुरदेखी रामशाहपथसम्म र्यालीको आयोजना गरिएको छ ।
एक साता सम्म सञ्चालन हुने ट्राफिक सप्ताहको अवधिमा उपत्यका ट्राफिक प्रहरीले पैदल यात्रुलाई बाटो काट्न सिकाउने र दुईपांग्रे सवारी लक्षित सचेतना कार्यक्रम गर्नेछ ।
काठमाडौँ उपत्यकामा धेरै दुर्घटना हुने क्षेत्रमा दुर्घटना न्यूनीकरण गर्नु पनि सप्ताहको लक्ष्य रहेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले जानकारी दिए । रामशाहपथ स्थित उपत्यका ट्राफिक प्रहरी कार्यालयमा पत्रकारहरुसँग कुरा गर्दै सुवेदीले भने, ‘ब्ल्याक स्पट सुधार गर्ने हाम्रो लक्ष्य हो ।’
सप्ताह अवधिमा सार्वजनिक सवारीका चालकको प्रेसर, सुगर र मुटु परीक्षण पनि गरिने छ । उपत्यकामा ट्राफिक जाम नियन्त्रण गर्न लामो दुरीका सवारीलाई बसपार्कबाट अन्यत्र घुम्न नदिने व्यवस्था गरिएको एसएसपी अधिकारीले बताए । उनले भने, ‘टिप्पर चालकले लापरबाही पूर्वक चलाउँछन्, उनीहरूलाई पनि सचेत गराउन जरुरी छ ।’
२०८२ साउनपछि काठमाडौँ उपत्यकामा सवारी दुर्घटनामा परेर १०५ जनाले ज्यान गुमाएका छन् । मृत्यु हुनेमा १७ देखी ३५ वर्ष उमेर समूहका धेरै छन् । एसपी सुवेदी भन्छन्, ‘कुल मृत्यु भएका मध्ये ७२ प्रतिशत दुईपांग्रेमा यात्रा गर्नेहरू छन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवसायीको नाम सार्वजनिक गरिएको भन्दै औषधि व्यवसायी सङ्घ काठमाडौँको आपत्ति
-
रोजगार सेवा केन्द्रलाई रूपान्तरण गरिने, सरकारले ल्यायो नयाँ कार्यविधि
-
प्रयाङ्कको नाममा दुर्व्यवहार गर्ने दुई जना पक्राउ
-
राजमार्गमा भएका अतिक्रमण हटाउन निर्देशन
-
सर्वोच्च अदालतले इजलासको ‘लाइभ स्ट्रिमिङ’का लागि कार्यविधि बनाउँदै
-
विश्वकपको नकआउट समीकरण : अघिल्लो चरणमा पुग्न कसलाई कस्तो नतिजा आवश्यक छ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण