नाइट क्लबमा बाउन्सरसँग झगडा, ह्यारी ब्रुकले मागे माफी
लन्डन । इंग्ल्यान्डका ह्वाइट बल कप्तान ह्यारी ब्रुक न्युजिल्यान्ड भ्रमणका क्रममा एक नाइटक्लबका बाउन्सरसँग झगडामा उत्रिएको घटना सार्वजनिक भएपछि उनले सार्वजनिक रूपमा माफी मागेका छन् । एसेज शृङ्खला अघि भएको उक्त घटना ढिलो गरी बाहिर आएको हो ।
द टेलिग्राफमा प्रकाशित रिपोर्टअनुसार वेलिङ्टनमा भएको तेस्रो एकदिवसीय खेलको अघिल्लो रात ब्रुकलाई क्लबमा प्रवेश गर्न रोक लगाइएको थियो । सोही क्रममा भनाभन हुँदा बाउन्सरले उनलाई प्रहार गरेका थिए ।
टेस्ट टोलीका उपकप्तान समेत रहेका ब्रुकले यस घटनाका बिच पनि कप्तानी पद भने जोगाउन सफल भएका छन् । तर, इंग्ल्यान्ड एन्ड वेल्स क्रिकेट बोर्ड (ईसीबी)ले उनलाई करिब ३० हजार पाउन्ड जरिवाना गर्दै अन्तिम चेतावनी दिएको छ ।
अस्ट्रेलियासँगको एसेज शृङ्खलामा ४–१ को लज्जास्पद हार बेहोरेलगत्तै यो घटना सार्वजनिक भएको हो । एसेज भ्रमणका क्रममा टोलीको खुकुलो अनुशासन र खेलाडीहरूले बिदाका क्रममा अत्यधिक रक्सी पिएको भन्दै आलोचना भइरहेका बेला ब्रुकको यो कान्डले थप विवाद सिर्जना गरेको छ ।
ब्रुकले एक विज्ञप्ति जारी गर्दै आफ्नो व्यवहार गलत भएको र त्यसले टोलीको प्रतिष्ठामा आँच पुर्याएको स्वीकार गरेका छन् । ‘म आफ्नो हरकतका लागि माफी चाहन्छु । मेरो व्यवहारले म र इंग्ल्यान्ड टोली दुवैलाई लज्जित बनाएको कुरा म स्वीकार गर्छु,‘ ब्रुकले भनेका छन् । उनले देशको प्रतिनिधित्व गर्नु ठुलो सम्मान भएको र आगामी दिनमा आफ्नो व्यावसायिकता र जिम्मेवारीप्रति सचेत रहने प्रतिबद्धतासमेत जनाएका छन् ।
ईसीबीले पनि यस विषयमा आधिकारिक धारणा सार्वजनिक गर्दै घटनालाई गोप्य अनुशासनिक प्रक्रियामार्फत टुङ्ग्याइएको बताएको छ । बोर्डले खेलाडीको व्यवहार अपेक्षा गरिएको मापदन्डभन्दा निकै कमजोर रहेको ठहर गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण