यूके पठाउने प्रलोभनमा २८ लाख ठगी गर्ने पक्राउ
काठमाडौँ । वैदेशिक रोजगारीका लागि आकर्षक तलबको लोभ देखाएर यूके पठाइदिन्छु भन्दै ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले ललितपुर महानगरपालिका वडा नं. १६ का ३४ वर्षीय अमन महर्जनलाई पक्राउ गरेको हो।
महर्जनले बेरोजगार युवायुवतीलाई युकेमा राम्रो रोजगारी मिलाइदिने भन्दै लामो समयसम्म झुक्यानमा राखेका थिए। उनले तीन जना पीडितबाट कुल २८ लाख रुपैयाँ असुलेर सम्पर्कविहीन भएको प्रहरी अनुसन्धानबाट खुलेको छ। पीडितहरूले आफूहरू ठगिएको भन्दै उजुरी दिएपछि प्रहरीले उनको खोजी सुरु गरेको थियो।
प्रहरीले महर्जनलाई भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं. २ बाट पुस २२ गते पक्राउ गरेको हो। पक्राउ परेका उनलाई थप अनुसन्धान र आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरी उपरीक्षक मनोहर प्रसाद भट्टले जानकारी दिएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा तीन जनाको सम्भावना
-
विश्वकपमा फ्रान्सको रूपान्तरण: आलोचनाबाट उपाधि दाबेदारसम्म
-
दुई जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
रास्वपाले गठन गर्यो तीन आयोग
-
फेसबुकमै बोल्न डरमर्दो अवस्था : प्रविधिजन्य हिंसा नियन्त्रण गर्न राष्ट्रिय सभामा संकल्प प्रस्ताव दर्ता
-
डा. चेतना पौडेल जोडिएको रिट खारेज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण