महोत्तरीमा तीन हजार ९१२ निर्वाचन प्रहरी भर्ना गरिने
शुक्रबार, २५ पुस २०८२, १२ : ०२
महोत्तरी । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि महोत्तरीमा तीन हजार ९१२ निर्वाचन प्रहरी भर्ना गरिने भएको छ ।
निर्वाचन प्रहरी छनोट तथा नियुक्ति समिति महोत्तरीले आज जारी गरेको निर्वाचन प्रहरी भर्ना सम्बन्धी एकिकृत सूचनामा उक्त सङ्ख्यामा निर्वाचन प्रहरी भर्ना गर्न लागिएको जनाइएको हो ।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यावदद्वारा जारी सूचनामा स्वीकृत निर्वाचन प्रहरी भर्ना, छनोट, नियुक्ति तथा परिचालन सम्बन्धी एकिकृत (नेपाल प्रहरी-सशस्त्र प्रहरी बल, नेपाल) कार्यविधि २०८२ अनुसार निर्वाचन प्रहरी भर्ना गर्न लागिएको उल्लेख छ ।
चार निर्वाचनक्षेत्र रहेको महोत्तरीमा आसन्न निर्वाचनका लागि २५८ मतदान स्थल, ५३६ मतदानकेन्द्र र चार लाख ३१ हजार २८२ मतदाता कायम भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीतिसँगै कृषि पेसामा षडानन्दका मेयर सुरेन्द्रकुमार, कमाउँछन् वार्षिक ६ लाख
-
भारतको ठूलो सुन निर्यात कम्पनीमा प्रमुख कार्यकारीको तलब जम्मा २७ हजार रुपैयाँ
-
रास्वपा पदाधिकारीकाे निर्वाचनमा मतदान जारी, ४ बजेसम्म समय थप
-
दुई दशकपछि अभिनयमा फर्किए राकेश
-
काठमाडौँ महानगरले टेकु अस्पताललाई दियो १८ सय भायल रेबिजविरुद्धको खोप
-
बसाइँसराइले रित्तिँदै गाउँ, गोरुको ठाउँमा किसानलाई कृषि औजार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण