निमन्त्रणा आएर पनि विदेश नगएका शिक्षा मन्त्री भन्छन्– विदेश घुमेर अर्थतन्त्र बन्छ ?
शुक्रबार, २५ पुस २०८२, १५ : ५८
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले निमन्त्रणा आएपनि आफू विदेश भ्रमणमा नगएको बताएका छन् । शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा विदेश भ्रमणका लागि आएको निमन्त्रण सार्वजनिक गर्दै मन्त्री पुनले यस्तो बताएका हुन् ।
उनले भने,'लौ जा, म मन्त्री भए पछि पहिला पनि निमन्त्रणा आएको तीन वटा विदेश भ्रमणमा गइनँ । अहिले पनि दुई वटा निमन्त्रणा आएछ । यसमा पनि जान्नँ।'
देशको अर्थतन्त्र नसुधारेसम्म जोसुकै प्रधानमन्त्री र अर्थमन्त्री आए पनि केही प्रगति नहुने उनको भनाइ छ ।
केही गर्न पैसा आवश्यक पर्नेमा जोड दिँदै उनले भने, 'विदेश घुमेर अर्थतन्त्र बन्छ ?'
पछिल्लो पटक खेलकुद मन्त्री बब्लु गुप्ताको अमेरिका भ्रमण विवादमा परेको छ । यससँगै मन्त्री गुप्ताले भ्रमण नै स्थगित गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सत्य निरूपण तथा बेपत्ता छानबिन आयोग गठनको माग गर्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)
-
फिफाद्वारा २०२६ विश्वकपको उत्कृष्ट टोली सार्वजनिक: गोल्डेन ग्लोभ विजेता नै टिममा परेनन्
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण