निर्वाचन आचारसंहिताबारे प्रधानमन्त्रीसँग आयोगका पदाधिकारीको छलफल
सारांश
- प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगका पदाधिकारीहरूसँग निर्वाचनबारे जानकारी लिइन्।
- आयोगका अधिकारीहरूले निर्वाचन तयारीबारे प्रधानमन्त्रीलाई ब्रिफिङ गरे।
- छलफलमा निर्वाचन आचारसंहिता कहिलेबाट लागू गर्ने भन्ने विषयमा छलफल भयो।
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगका पदाधिकारीहरूसँग फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचनबारे हालसम्म भए गरेका कामबारे जानकारी लिएकी छन् ।
शुक्रबार आयोगका अधिकारीहरू निर्वाचन तयारीबारे प्रधानमन्त्रीलाई ब्रिफिङ गर्न बालुवाटार पुगेका थिए । प्रधानमन्त्रीसँग छलफल गर्न कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, आयुक्तद्वय जानकी तुलाधर, सगुनशमशेर जबरा, सचिव कृष्णबहादुर राउतलगायत अधिकारीहरू सहभागी भएका थिए ।
त्यसक्रममा खासगरी निर्वाचन आचारसंहिता कहिलेबाट लागू गर्ने भन्ने सम्बन्धमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । आयोगले आगामी माघ २ गतेबाट निर्वाचन आचारसंहिता लागू गर्ने तयारी गरेको बुझिएको छ ।
छलफलमा अर्थमन्त्री रामेश्वर खनाल, कानुन मन्त्री अनिलकुमार सिन्हा, शिक्षामन्त्री महावीर पुन, नेपाल सरकारका मुख्यसचिव सुमनराज अर्याललगायतको उपस्थिति थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ : परराष्ट्रमन्त्री खनाल (अन्तर्वार्ता)
-
कांग्रेसले प्रतिनिधिसभामा भन्यो– राहदानी छपाइमा दोषी जोसुकै भए पनि कारबाही होस्
-
राजनीतिक दलको संलग्नता भए रेडक्रसबाट अलग हुनुहोस् : नेपाल रेडक्रस सोसाइटी
-
हात्तीपाइले रोग लगाउने परजीविबारे अध्ययन सुरु
-
कोशी प्रदेशमा बजेट विवाद समाधान गर्न कांग्रेस–एमालेको दौडधुप
-
अनुमति बिना स्टिकरको प्रयोग निषेध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण