मधेस कांग्रेसका आठ जिल्ला सभापतिले भने– विशेष महाधिवेशनमा सहभागी नहुनुस्
काठमाडौँ । नेपाली कांग्रेस मधेस प्रदेशअन्तर्गतका आठ जिल्लाका जिल्ला सभापतिहरूले पार्टी विधान विपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन पार्टीका सबै तहका नेता, कार्यकर्ता तथा सदस्यहरूलाई आग्रह गरेका छन् ।
बिहीबार उनीहरुले प्रेस विज्ञप्ति जारी गर्दै पार्टी विधानअनुसार ‘महाधिवेशन’ वा ‘विशेष महाधिवेशन’ बोलाउने अधिकार केन्द्रीय कार्यसमितिमा मात्र निहित रहेको स्पष्ट पारिएको छ ।
कुनै पनि पदाधिकारी वा सदस्यले व्यक्तिगत रूपमा महाधिवेशन वा विशेष महाधिवेशनको नाममा कार्यक्रम वा गतिविधि सञ्चालन गर्नु विधान विपरीत हुने उल्लेख गर्दै त्यस्ता गतिविधिमा सहभागी नहुन आग्रह गरिएको छ ।
विज्ञप्तिमा जिल्ला, प्रतिनिधिसभा क्षेत्र, महासमिति, महाधिवेशन प्रतिनिधि, प्रदेशसभा क्षेत्र, पालिका, वडा तथा टोल तहका समिति, भातृ तथा शुभेच्छुक संस्थाका पदाधिकारी एवं सदस्यहरूलाई पार्टीको निर्णय, नीति र अनुशासनको पालना गर्न आह्वान गरिएको छ ।
यसैगरी, मिति २०८२ माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचन तथा २०८२ फागुन २ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पार्टीका आधिकारिक उम्मेदवारहरूलाई विजयी गराउन एकताबद्ध र सशक्त रूपमा चुनावी अभियानमा जुट्न सबै नेता–कार्यकर्ता, समर्थक तथा शुभेच्छुकहरूलाई आग्रह गरिएको छ ।
संयुक्त विज्ञप्तिमा महोत्तरी जिल्ला सभापति नागेश्वर प्रसाद यादव, सप्तरी जिल्ला सभापति रामदेव शाह, सर्लाही जिल्ला सभापति डा. सरोज कुमार यादव, बारा जिल्ला सभापति राजेश राय यादव, सिराहा जिल्ला सभापति रामचन्द्र यादव, रौतहट जिल्ला सभापति सुनिल कुमार यादव, पर्सा जिल्ला सभापति जनार्दन सिंह क्षेत्री तथा धनुषा जिल्ला सभापति योगेन्द्र पञ्जियारले हस्ताक्षर गरेका छन् ।
विशेष महाधिवेशन पक्षधरले यही पुस २७ र २८ गते भृकुटीमण्डपमा विशेष महाधिवेशन गर्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशका विभिन्न ६ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
-
पोखरामा माइक्रो र मोटरसाइकल ठोकियो, १९ वर्षीय युवकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण