२०७९ मा ‘लौरो’ चिह्नबाट चुनाव लडेका श्रेष्ठ आजपा प्रवेश
सारांश
- इरस श्रेष्ठ आम जनता पार्टी (आजपा) मा प्रवेश गरेका छन्, उनी काठमाडौं क्षेत्र नं. ९ बाट चुनाव लडेका थिए।
- आजपाको केन्द्रीय कार्यालयमा श्रेष्ठसहित दर्जनौं नेताहरु पार्टीमा प्रवेश गरे, प्रभु साहले स्वागत गरे।
- श्रेष्ठसँगै रौतहटका सामाजिक व्यक्तित्व र युवा प्रतिभाहरू पनि आजपामा प्रवेश गरे।
काठमाडौं । विगतमा काठमाडौं क्षेत्र नं. ९ बाट प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार बनेका इरस श्रेष्ठ आम जनता पार्टी (आजपा)मा प्रवेश गरेका छन् । २०७९ को आम प्रतिनिधिसभा निर्वाचनमा श्रेष्ठले काठमाडौं क्षेत्र नं. ९ बाट ‘लौरो’ चुनाव चिन्हबाट प्रतिस्पर्धा गरेका थिए ।
काठमाडौंको कोटेश्वरस्थित आजपाको केन्द्रीय कार्यालयमा आज श्रेष्ठ सहित दर्जनौं नेताहरुले आजपामा प्रवेश गरेका छद्द् । आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले श्रेष्ठ सहितका नेताहरुलाई पार्टीमा प्रवेश गराउँदै सफल राजनीतिका लागि शुभकामना दिए ।
श्रेष्ठ सहित रौतहटको गुजरा नगरपालिकाका सामाजिक व्यक्तित्व तथा युवा प्रतिभाहरू नेयाज देवान, मो. साफिक, फिरोज देवान, समिम मिया, जाबेद हुसैन, बच्चे बाबु, हाफिज मह्मद, जुनैद देवान, मो. काबिर लगायतकाले पार्टी प्रवेश गरेको आजपाले जनाएको छ ।
पार्टी प्रवेश कार्यक्रममा आजपा कार्यालय सदस्य सुधिर यादव, प्रवक्ता चन्द्रभुषण साह, आजपा नेताहरु बिजय यादव, बबिता यादव लगायतको विशेष सहभागिता रहेको थियो । श्रेष्ठ आजपा प्रवेश गरेसंगै २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्र नं. ९ बाट सोही पार्टीबाट उम्मेदवार बन्ने चर्चा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीतिसँगै कृषि पेसामा षडानन्दका मेयर सुरेन्द्रकुमार, कमाउँछन् वार्षिक ६ लाख
-
भारतको ठूलो सुन निर्यात कम्पनीमा प्रमुख कार्यकारीको तलब जम्मा २७ हजार रुपैयाँ
-
रास्वपा पदाधिकारीकाे निर्वाचनमा मतदान जारी, ४ बजेसम्म समय थप
-
दुई दशकपछि अभिनयमा फर्किए राकेश
-
काठमाडौँ महानगरले टेकु अस्पताललाई दियो १८ सय भायल रेबिजविरुद्धको खोप
-
बसाइँसराइले रित्तिँदै गाउँ, गोरुको ठाउँमा किसानलाई कृषि औजार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण