बूढानीलकण्ठमा तीनदिने ‘सडक खाना महोत्सव’ सुरु
काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा तीनदिने ‘सडक खाना महोत्सव’ सुरु भएको छ । बूढानीलकण्ठ नगरपालिकाको आयोजना तथा बूढानीलकण्ठभित्र रहेका विभिन्न होटल तथा रैथाने खाद्यान्नसम्बन्धी सङ्घसंस्थाको सहकार्यमा बूढानीलकण्ठ मन्दिर अगाडिको सडकमा खाना महोत्सव गरिएको हो ।
उक्त महोत्सवको आज शुभारम्भ गर्दै बूढानीलकण्ठ नगरपालिकाका प्रमुख मीठाराम अधिकारीले स्थानीय मौलिक खानाका परिकारको प्रवर्द्धनसँगै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको जानकारी दिए । पछिल्लो समय परम्परागत रैथाने खानालाई मानिसले मन पराउन थालेकाले यसबाट रैथाने खानाको प्रवर्द्धन हुने उनले विश्वास व्यक्त गरे ।
नगरप्रमुख अधिकारीले खाना महोत्सवमा उपत्यकाभित्रका सबै नगरपालिकाका जनप्रतिनिधिलाई आमन्त्रण गरिएको जानकारी दिए । तीन दिनसम्म सञ्चालन हुने महोत्सवमा स्थानीय मौलिक खाना, बूढानीलकण्ठभित्र सञ्चालित होटल, होमस्टे तथा खाना व्यवसायीको ६० वटा कक्ष रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीतिसँगै कृषि पेसामा षडानन्दका मेयर सुरेन्द्रकुमार, कमाउँछन् वार्षिक ६ लाख
-
भारतको ठूलो सुन निर्यात कम्पनीमा प्रमुख कार्यकारीको तलब जम्मा २७ हजार रुपैयाँ
-
रास्वपा पदाधिकारीकाे निर्वाचनमा मतदान जारी, ४ बजेसम्म समय थप
-
दुई दशकपछि अभिनयमा फर्किए राकेश
-
काठमाडौँ महानगरले टेकु अस्पताललाई दियो १८ सय भायल रेबिजविरुद्धको खोप
-
बसाइँसराइले रित्तिँदै गाउँ, गोरुको ठाउँमा किसानलाई कृषि औजार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण