समानुपातिक सूचीप्रति राप्रपा वरिष्ठ उपाध्यक्ष राजभण्डारीको चर्को असन्तुष्टि
सारांश
- राप्रपाका वरिष्ठ उपाध्यक्ष दिलविकास राजभण्डारीले समानुपातिक सूचीप्रति असन्तुष्टि जनाएका छन्।
- उनले समानुपातिक उम्मेदवार चयनमा मनपरी भएको र कार्यकर्ताको भावनामा ठेस पुगेको बताए।
- उनले पार्टी नेतृत्वको व्यवहारप्रति असन्तुष्टि जनाउँदै आगामी दिनमा भूमिकाबारे पुनर्विचार गर्ने बताए।
काठमाडौँ । राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष दिलविकास राजभण्डारीले पार्टीले निर्वाचन आयोगमा पेस गरेको समानुपातिक सूचीप्रति चर्को असन्तुष्टि जनाएका छन् । एक विज्ञप्ति जारी गर्दै उनले समानुपातिक उम्मेदवार चयनमा भएको मनपरीले पार्टीको नीति, विचार र सिद्धान्तमा प्रतिबद्ध रहेर निरन्तर क्रियाशील रहेका कार्यकर्ताकाे भावनामा ठेस पुग्न गएको बताए ।
उनले भनेका छन्– 'पार्टीमा सबैको योगदान रहेको छ। त्यो योगदानको प्रकृति पनि कसको कति र कुन हद सम्मको योगदान कसले पुर्याएको छ त्यसको लेखाजोखा हुनुपर्ने होइन ? पार्टीमा पसिना बगाएका, योगदान पुर्याएका देशै भरिका पार्टीका कार्यकर्ताको सम्मान हुनुपर्ने होइन ? सबै वर्ग, क्षेत्र, लिङ्ग मिलाउनुपर्ने होइन ? पार्टी त सबैको साझा हुनुपर्ने हो। यो सबैको आस्थाको धरोहर मात्र नभएर पार्टी सबैको साझा घर पनि हो। यसरी पार्टीको हित विपरीत गएर जे मन लाग्यो त्यो, जसलाई मन लाग्यो त्यसलाई र आफू निकट जो छ, उसलाई दिने निर्णय गर्ने अधिकार कसले दियो ?'
पार्टीमा आफ्नो योगदानलाई बालुवामा पानी खन्याए सरह भएको उनको गुनासो छ । यसले आगामी दिनमा निर्वाह गर्ने भूमिका प्रति पुनर्विचार गर्नुपर्ने आवश्यकता देखिएको उनको भनाइ छ ।
'मैले पार्टीलाई करोडौँ मूल्य बराबरको भवन त दिएकै थिए तत्पश्चात पनि अघिल्लो निर्वाचनमा मैले दिएको ५० लाख रुपैयाँ मध्ये ३५ लाख रुपैयाँ अझैसम्म फिर्ता आएको छैन । म अहिले आएर आफ्नो योगदान प्रति नै पश्चात्ताप गर्दै पार्टीले म प्रति गरेको व्यवहारलाई हेर्दा त भविष्यमा पुनः विचार गर्नुपर्ने स्थितिमा पुगेको छु । नेतृत्वको यो पक्षपातपूर्ण र कृतग्न व्यवहारको निन्दा र भर्त्सना गर्दै पार्टीमा आगामी दिनमा निर्वाह गर्ने भूमिका प्रति पुनर्विचार गर्नुपर्ने आवश्यकता देखेको छु', उनले भनेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफाद्वारा २०२६ विश्वकपको उत्कृष्ट टोली सार्वजनिक: गोल्डेन ग्लोभ विजेता नै टिममा परेनन्
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण