धनुषामा जग्गाको विषयमा विवाद, प्रहरीद्वारा १६ राउन्ड अश्रुग्याँस प्रहार
सारांश
- धनुषाको मिथिला नगरपालिकामा ऐलानी जग्गाको विषयमा विवाद हुँदा प्रहरीले १६ राउन्ड अश्रुग्याँस प्रहार गर्यो।
- सतलोक आश्रमले ऐलानी जग्गा अतिक्रमण गरेको आरोप लगाउँदै स्थानीय र आश्रमबीच झडप भएको थियो।
- विवाद बढेपछि प्रहरीले बल प्रयोग गरेको र अहिले अवस्था सामान्य रहेको बताइएको छ।
जनकपुर । धनुषाको मिथिला नगरपालिकामा ऐलानी जग्गाको विषयमा विवाद हुँदा प्रहरीले १६ राउन्ड अश्रुग्याँस प्रहार गरेको छ । मिथिला नगरपालिका–२ नक्टाझिज सुग्जोरस्थित सतलोक आश्रमले ऐलानी जग्गा अतिक्रमण गरेको आरोप लगाउँदै विवाद लगत्तै भएको झडपमा प्रहरीले १६ राउन्ड अश्रुग्याँस प्रहार गरेको हो ।
आश्रम र स्थानीयबिच ढुङगामुढा हुन थालेपछि नेपाल प्रहरीले ५ राउन्ड र सशस्त्र प्रहरी ११ राउन्ड अश्रुग्याँस प्रहार गरेको धनुषा प्रहरी प्रमुख एसपी रुगम कुँवरले बताए ।
उनका अनुसार १० कट्ठा ऐलानी जग्गाको विवाद बारे आज नापी भइरहेको र सोही क्रममा आश्रम र स्थानीयबिच विवाद भएको थियो । विवाद उग्र बन्दै गएपछि प्रहरीले बल प्रयोग गरेको हो । अहिले अवस्था सामान्य रहेको र दुवै पक्षबाट केही व्यक्तिहरू सामान्य घाइते भएको प्रहरीले जानकारी दिएको छ ।
आक्रोशित स्थानीयहरूले जनकपुर–ढल्केवर सडक खण्डअन्तर्गत महेन्द्रनगर–औरही पुल क्षेत्रमा सडक अवरुद्ध गर्दै नाराबाजी गरेका थिए । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बालेन शाह नेतृत्वको सरकार धेरै लामो समयसम्म जान्छ जस्तो लाग्दैन’
-
काठमाडौँले अन्तर्राष्ट्रियस्तरको काठमाडौँ फिल्म फेस्टिभलको आयोजना गर्ने
-
रास्वपा कैलाली जिल्ला अधिवेशनको निर्वाचन प्रक्रिया र परिणाम बदर
-
राप्रपाको खाने र देखाउने दाँत फरक छ : धवलशमशेर राणा
-
६५ हजारमा आईफोन-१५ प्रो म्याक्स दिने प्रलोभन दिएर २ सय जनालाई ठगी
-
ब्राजिलमा बन्जी जम्पका क्रममा डोरी बाँध्न बिर्सिएर पुलबाट खसाउँदा युवतीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण