सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
पृथ्वी नारायण शाहको सालिकमा माल्यार्पण गर्न पुगे राजावादीहरू, तस्बिरहरू
फोटोफिचर

पृथ्वी नारायण शाहको सालिकमा माल्यार्पण गर्न पुगे राजावादीहरू, तस्बिरहरू

आइतबार, २७ पुस २०८२

काठमाडौँ । आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ। यस अवसरमा काठमाडौँको सिंहदरबार पश्चिम ढोका अगाडि रहेको शाहको सालिकमा पुष्पहार अर्पण गरी सम्मान प्रकट गरिएको छ। 

prithivi jayanti (2)

विसं १७७९ मा गोरखामा जन्मिएका शाहले छरिएर रहेका साना बाइसे र चौबीसे राज्यहरूलाई एकीकृत गरी एउटै बलियो राष्ट्र निर्माणमा पुर्‍याएको योगदानको आज विशेष स्मरण गरिँदैछ। 

prithivi jayanti (3)

तत्कालीन गोरखाका राजा शाहले २० वर्षको उमेरमा गद्दीआरोहण गरेसँगै एकीकरण अभियानको थालनी गरेका थिए। विभिन्न सामाजिक, आर्थिक र भौगोलिक चुनौतीका बाबजुद जनताको उत्साहजनक सहयोग र सहभागितामा उनले तत्कालीन आन्तरिक तथा बाह्य शक्तिहरूलाई पराजित गर्दै विशाल नेपालको जग बसालेका थिए।

prithivi jayanti (4)

५२ वर्षको उमेरमा विसं १८३१ मा निधन भएका शाहको दूरदर्शी नेतृत्वकै कारण आजको स्वतन्त्र र सार्वभौम नेपाल सम्भव भएको इतिहासकारहरू बताउँछन्।

prithivi jayanti (5)

आजको दिनलाई राष्ट्रिय एकताको प्रतीकका रूपमा लिँदै मुलुकभरका विभिन्न संघसंस्था र सर्वसाधारणले उनको दिव्य उपदेश र योगदानको चर्चा गरिरहेका छन्। सरकारले पनि यस दिवसको अवसरमा सार्वजनिक बिदा दिएको छ ‍।

prithivi jayanti (7)

यसैबिच राप्रपा लगायत विभिन्न राजावादी समूहले र्‍याली सहित सिंहदरबार स्थित पृथ्वी नारायण शाहको सालिकमा माल्यार्पण गरेको छ।

prithivi jayanti (1)prithivi jayanti (6)prithivi jayanti (8)prithivi jayanti (9)prithivi jayanti (10)prithivi jayanti (11)prithivi jayanti (12)prithivi jayanti (13)prithivi jayanti (14)prithivi jayanti (15)prithivi jayanti (16)prithivi jayanti (17)prithivi jayanti (18)prithivi jayanti (19)prithivi jayanti (20)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया