द्वन्द्वपीडित र जेनजी आन्दोलनका घाइतेबिच विभेद गरिएको भन्दै सर्वोच्चद्वारा सरकारसँग जवाफ माग
सारांश
- सर्वोच्च अदालतले विगतको सशस्त्र द्वन्द्वका पीडितहरूलाई बेवास्ता गरी हालैका आन्दोलनका घाइतेहरूलाई मात्र प्राथमिकता दिएको भन्दै सरकारसँग जवाफ मागेको छ ।
- द्वन्द्वपीडित पूर्णप्रसाद पौडेलको तर्फबाट दायर रिटमा प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चले सरकारलाई कारण देखाऊ आदेश जारी गरेको हो ।
- रिट निवेदनमा राज्यले नागरिकहरूबीच विभेद गरेको र संवैधानिक समानताको हक उल्लङ्घन गरेको प्रश्न उठाइएको छ ।
काठमाडौँ । विगतको १० वर्षे सशस्त्र द्वन्द्वका पीडितहरूलाई उपेक्षा गरी हालैका आन्दोलनका घाइतेहरूलाई मात्र विशेष प्राथमिकता दिएको भन्दै सर्वोच्च अदालतले सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ ।
पीडित पूर्णप्रसाद पौडेलको हकमा अधिवक्ता कुमारप्रसाद थपलियाले दायर गरेको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश शान्तिसिंह थापाको एकल इजलासले सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको हो ।
अदालतले यस मुद्दाको गम्भीरतालाई ध्यान दिँदै अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्ने विषयमा छलफलका लागि दुवै पक्षलाई बोलाएको छ । निवेदकले ६० वर्ष पुगेका र गम्भीर स्वास्थ्य समस्या भएका द्वन्द्वपीडितलाई तत्काल राहत र निःशुल्क उपचार उपलब्ध गराउन अन्तरिम आदेशको समेत माग गरेका छन् ।
न्याय र राहतको वितरणमा राज्यले राजनीतिक पहुँच र आन्दोलनको नयाँपन हेरेर विभेद गर्न नपाउने जिकिर गरिएको यो मुद्दालाई कानुनी वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ । अब सरकारले पेस गर्ने लिखित जवाफ र त्यसपछिको बहसले द्वन्द्वपीडित र हालैका आन्दोलनका पीडितहरूले पाउने सुविधामा एकरूपता आउने वा नआउने भन्ने तय गर्नेछ ।
रिट निवेदनमा राज्यले नागरिकहरूबिच 'तहगत वर्गीकरण' गरेको र संवैधानिक समानताको हक उल्लङ्घन गरेको गम्भीर प्रश्न उठाइएको छ । २०८१ भदौमा भएको जेनजी आन्दोलनका घाइते तथा मृतकका परिवारलाई सरकारले तत्कालै १५ लाख रुपैयाँ राहत, मासिक जीवन निर्वाह भत्ता र अस्पतालहरूमा विशेष हेल्प डेस्कमार्फत निःशुल्क उपचारको व्यवस्था गरेको छ ।
तर, सोही प्रकृतिको पीडा २० वर्षदेखि भोग्दै आएका सशस्त्र द्वन्द्वका पीडितहरूलाई भने कुनै पनि राहत र उपचार नदिई विभेद गरिएको दाबी रिटमा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
माइक्रो म्यानेजमेन्टबाट पछि हट्यो अर्थ मन्त्रालय, रकमान्तर र कार्यक्रम संशोधनमा खुकुलो नीति
-
'चमेलीको पोइ'को 'ओइ ओइ चमेली तम्रा शेरे खोइ' सार्वजनिक
-
क्यान्सर जितेकी पहिलो मोडल डली बनिन् ‘मिसेस नेपाल युनिभर्स २०२६’
-
‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै
-
‘बम्पर चिठ्ठा’ निर्माण घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण