बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

तत्काल चेल्सीमा परिवर्तनको आवश्यकता छैन: प्रशिक्षक रोसेनियर

आइतबार, २७ पुस २०८२, १५ : २६
आइतबार, २७ पुस २०८२

सारांश

  • चेल्सीका नयाँ प्रशिक्षक लियम रोसेनियरले क्लबमा ठूलो परिवर्तनको आवश्यकता नरहेको बताए।
  • उनले चेल्सीको खेल शैली बुझेको र अट्याकिङ पक्षमा सुधार गर्ने बताए।
  • रोसेनियरले खेलाडीको मानसिकता र आधारभूत पक्षमा सुधार गर्ने लक्ष्य राखेको बताए।

काठमाडौँ । चेल्सीका नयाँ प्रशिक्षक लियम रोसेनियरले क्लबमा ठूलो परिवर्तनको आवश्यकता नरहेको बताएका छन् । उनले चाल्र्टनविरुद्धको पहिलो खेलमा टिममा धेरै परिवर्तन नगरी जित निकालेका थिए ।

बीबीसी स्पोर्टसँगको कुराकानीमा रोसेनियरले चेल्सीले हालै क्लब विश्वकप जितेको र टोली राम्रो अवस्थामा रहेको बताए । टोलीलाई राम्रो प्रशिक्षण दिइएको र खेलाडीहरूमा सकारात्मक भावना रहेको उनको भनाइ छ ।

रोसेनियरले फ्रान्सको स्ट्रासबर्ग क्लबमा काम गरेको अनुभवले चेल्सीको खेल शैलीलाई राम्ररी बुझेको बताए । दुवै क्लबको खेल शैली लगभग एउटै भएकाले खेलाडी र प्रशिक्षक दुवैलाई सजिलै तालमेल मिलाउन सकिने उनको भनाइ छ ।

यद्यपि, रोसेनियरले टोलीको प्रदर्शनमा सुधारको सम्भावना रहेको उल्लेख गर्दै अट्याकिङ पक्षलाई अझ प्रभावकारी बनाउनु आवश्यक रहेको बताए ।

‘हामीले लामो थ्रो, फ्रि–किक र कर्नर जस्ता पक्षमा सुधार गर्न आवश्यक छ,’ उनले भने ।

तयारीका लागि धेरै समय नभएकाले रोसेनियरले तत्काल खेल शैलीभन्दा खेलाडीको मानसिकता र आधारभूत पक्षमा सुधार गर्ने लक्ष्य राखेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप