देउवालाई सुनिल शर्माको सुझाव : रोइलो छाडेर महाधिवेशनमा आउनुस्
सारांश
- काठमाडौंमा संस्थापन समूहको असहयोगका बाबजुद बहुमत प्रतिनिधिहरूको समर्थनमा कांग्रेसको विशेष महाधिवेशन हुँदैछ।
- आइतबार राजधानीको भृकुटीमण्डपमा महाधिवेशन उद्घाटनको तयारी भइरहेको छ।
- यो समाचार कांग्रेसको विशेष महाधिवेशन सम्बन्धी अपडेट हो।
काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसांसद सुनिल शर्माले कांग्रेस सभापति शेरबहादुर देउवालाई रोइलो छाडेर भोलि विशेष महाधिवेशनमा सहभागी हुन आग्रह गरेका छन् ।
काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना मन्तव्य राख्दै शर्माले अग्रजहरूले बनाएको पार्टी देखेर अहिले वीपी कोइरालादेखि सुशील कोइरालासम्मको आत्म रोइरहेको भन्दै विधि र पद्दतिका लागि कांग्रेस डगमगाउन नहुने बताए ।
‘तर आज दुःखका साथ भन्नुपर्छ, हाम्रो पार्टीले न्यूनतम लोकतान्त्रिक मूल्य मान्यतालाई लत्त्याएर ५४ प्रतिशत मतलाई सम्मान गर्न सकेन’, उनले भने, ‘सभापति शेरबहादुर देउवालगायत ज-जसले कांग्रेसको मतको अवमूल्यन गर्नुभयो तपाईँहरूलाई यो मासले गिज्याइरहेको छ ।’
उनले कांग्रेस मारकाट र झगडामा विश्वास नगर्ने मध्यमार्गी पार्टी भएको भन्दै शेरबहादुर ठुलो इतिहास बोको नेता भएकाले भोलिबाट सुरु हुने बन्द सत्रमा सहभागी हुन आग्रह गरे ।
‘तपाईँलाई अब उमेरका कारणले माथिबाट बोलाइरहेका बेला हिजो जसले सभापति बनायो । अब रोइलो छाडेर यो हलमा आउनुस् । तपाईँलाई पाँच सात वटा विकल्प दिन सक्छौँ’, शर्माको आग्रह छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मार्को रुबियो चीन र रुससँग भेट्न तयार
-
मधेस प्रदेशमा सवारी दुर्घटना बढे पनि मृत्युदर घट्यो
-
ककरोच जनता पार्टीका संस्थापक अभिजीत दीपकेको अनशन अन्त्य
-
संसदीय सुनुवाइ समिति बैठक आह्वान
-
बाँके राष्ट्रिय निकुञ्जमा पूर्वसूचना प्रणाली जडान
-
नेपालमा बालयौन दुराचारको अभियोगमा सजाय काटेका कुम्ब्स अमेरिकमा पनि दोषी ठहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण