जसपा नेपालका उम्मेदवारहरूको मनोनयनपत्रमा महन्थ ठाकुर र उपेन्द्र यादवको हस्ताक्षर हुने
सारांश
- उपेन्द्र यादव र महन्थ ठाकुरको पार्टी एकीकरण सम्झौता भयो, जसले ४३ सदस्यीय केन्द्रीय समन्वय समिति बनायो।
- जनता समाजवादी पार्टी नेपाल नाम र छाता चुनाव चिह्न कायम रहनेछ।
- महन्थ ठाकुर संरक्षक र उपेन्द्र यादव अध्यक्ष रहेको समितिले फागुन २१ गतेको उम्मेदवार चयन गर्नेछ।
काठमाडौँ । उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल र महन्थ ठाकुर नेतृत्वको लोसपा नेपालबिच पार्टी एकीकरण सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएसँगै दुवै दलका साविकका केन्द्रीय समितिको ठाउँमा ४३ सदस्यीय केन्द्रीय समन्वय समितिलाई क्रियाशील तुल्याइएको छ ।
एकीकृत पार्टीको नाम जनता समाजवादी पार्टी नेपाल नै रहने भएको छ भने चुनाव चिह्न ‘छाता’ रहने जनाइएको छ ।
महन्थ ठाकुर संरक्षक र उपेन्द्र यादव अध्यक्ष रहेको केन्द्रीय समन्वय समितिमा दुवै पक्षका सदस्य समेटिएका छन् । दुवै पार्टी मातहतका सबै तह र निकायका संगठनहरू, भ्रातृ संगठनहरू, शुभेच्छुक संगठनहरू, विभागहरू, संयन्त्रहरूले समेत जसपा नेपालको मातहतमा रही केन्द्रीय समन्वय समितिको निर्णयानुसार काम गर्ने जनाइएको छ ।
सम्झौतापत्रमा उल्लेख भए अनुसार फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको उम्मेदवारका लागि पेस गरिने मनोनयन पत्रमा समन्वय समितिबाट हुने निर्णय अनुसार महन्थ ठाकुर र उपेन्द्र यादवले संयुक्त रूपमा हस्ताक्षर गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दृष्टिविहीन बालबालिकाका लागि निर्मित आवासीय भवन सम्पन्न गर्न नेपाल लाइफ इन्स्योरेन्सको सहयोग
-
जनकपुरको रामानन्द र पिडारी चोक सवारी दुर्घटनाको अति जोखिममा
-
कुकुरको खाना भनेर अस्ट्रेलिया पठाउन लागिएको अवैध चुरोट त्रिभुवन विमानस्थलबाट बरामद
-
सुर्खेतमा अपराधजन्य घटनाको ग्राफ बढ्दो
-
जीडब्ल्युएम ओरा ५ ईभीमा आफ्नै अत्याधुनिक प्रविधिको ब्याट्री प्रयोग
-
बजेट कार्यान्वयनबारे अर्थ मन्त्रालयले जारी गर्यो ३७ बुँदे मार्गदर्शन (पूर्णपाठ)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण