कांग्रेसलाई बदल्ने छाैँ, हामी पनि बदलिने छौँ : विश्वप्रकाश शर्मा
सारांश
- काठमाडौंमा संस्थापन समूहको असहयोगका बाबजुद बहुमत प्रतिनिधिहरूको समर्थनमा कांग्रेसको विशेष महाधिवेशन हुँदैछ।
- आइतबार राजधानीको भृकुटीमण्डपमा महाधिवेशन उद्घाटनको तयारी भइरहेको छ।
- यो समाचार कांग्रेसको विशेष महाधिवेशन सम्बन्धी अपडेट हो।
काठमाडाैँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली कांग्रेस अब पुरानै ढङ्गबाट अघि बढ्न नसक्ने बताएका छन् ।
आइतबारबाट सुरु भएको विशेष महाधिवेशनलाई भृकुटीमण्डपमा सम्बोधन गर्दै महामन्त्री शर्माले नेतृत्वबाट कमजोरी भएको र त्यसको हिस्सा आफूहरूले पनि लिने भन्दै पुरानै ढंगले नयाँ यात्रा गर्न नसकिने बताएका हुन् ।
‘पुरानै ढङ्गले नयाँ यात्रा गर्न सकिँदैन । नयाँ परिस्थितिमा मनस्थिति र सोच पनि बदल्नुपर्छ’, शर्माले भने, ‘यो देशको मौसम खराबीलाई बुझेपछि बदलिएको मौसमलाई बदल्न नयाँ ढङ्गले जाने मनोविज्ञानमा छौ ।’
उनले निराशामा जुधिरहेको देशलाई नयाँ सङ्कल्पका साथ अघि बढाउन चुकेको ठाउँबाटै अघि बढ्नुपर्ने बताए ।
‘जिम्मेवार राजनीतिक दल र नेता त्यो हुन्छ जसले आफूले गरेका कमजोरीको आत्मालोचना पनि गर्छ’, शर्माले भने,‘कि हामी नेपाली कांग्रेसलाई बदल्ने छौ, हामी पनि बदलिने छौ ।’
महामन्त्री शर्माले कांग्रेसमात्र नभएर कमजोर बनेको देशलाई नै बलियो बनाउने अभियानमा कांग्रेस लागेको बताए ।
नेपाल र नेपालीका बिचमा जलेको मन जोड्नुपर्ने भन्दै विध्वंशमा गएको देशमा भवनमात्र नभएर मन जोड्न विशेष महाधिवेशन आह्वान गरेर नवीन सन्देश दिन खोजिएको शर्माको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दृष्टिविहीन बालबालिकाका लागि निर्मित आवासीय भवन सम्पन्न गर्न नेपाल लाइफ इन्स्योरेन्सको सहयोग
-
जनकपुरको रामानन्द र पिडारी चोक सवारी दुर्घटनाको अति जोखिममा
-
कुकुरको खाना भनेर अस्ट्रेलिया पठाउन लागिएको अवैध चुरोट त्रिभुवन विमानस्थलबाट बरामद
-
सुर्खेतमा अपराधजन्य घटनाको ग्राफ बढ्दो
-
जीडब्ल्युएम ओरा ५ ईभीमा आफ्नै अत्याधुनिक प्रविधिको ब्याट्री प्रयोग
-
बजेट कार्यान्वयनबारे अर्थ मन्त्रालयले जारी गर्यो ३७ बुँदे मार्गदर्शन (पूर्णपाठ)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण