‘नेपो बेवी’हरूको राजदेखि नागरिक रिसाएका हुन् : गगन थापा
सारांश
- काठमाडौंमा संस्थापन समूहको असहयोगका बाबजुद बहुमत प्रतिनिधिहरूको समर्थनमा कांग्रेसको विशेष महाधिवेशन हुँदैछ।
- आइतबार राजधानीको भृकुटीमण्डपमा महाधिवेशन उद्घाटनको तयारी भइरहेको छ।
- यो समाचार कांग्रेसको विशेष महाधिवेशन सम्बन्धी अपडेट हो।
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसभित्र सत्ताको सङ्घर्ष नभएर विचारको सङ्घर्ष भइरहेको बताएका छन् ।
आइतबार काठमाडौँमा सुरु भएको कांग्रेसको विशेष महाधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले महाधिवेशनमा सभापति र कार्यवाहक सभापति नहुँदा कतिपयले शक्ति सङ्घर्ष भइरहेको भनेर बुझिरहेपनि त्यो सङ्घर्ष सत्ता र शक्तिको नभई मूल्य र मान्यताको सङ्घर्ष भएको बताएका हुन् ।
‘पार्टीभित्रको सत्ता र शक्तिको सङ्घर्षले गर्दा कोही उपस्थित भएको र नभएको भन्ने लागिरहेको होला । यो विचार, मूल्य र मान्यताकाे सङ्घर्ष हो’, थापाले भने ।
उनले गत भदौ २३ र २४ को घटनाबारे चर्चा गर्दै त्यसमा संलग्नहरूमाथि कारबाही हुनसक्ने बताए । तर, उक्त घटनामा जनेजीले मात्र नभई लाखौँ नागरिकले सरकार र संसद्सँग असन्तुष्टि पोखेको बताए ।
उनले त्यसबेला सरकार र संसद्मा कांग्रेस पनि रहेको भन्दै हाम्रो कामसँग नागरिक रिसाएको बताए ।
राजाको छोरा राजा हुने हुने गणतन्त्रमा ‘नेपो बेवी’हरूको राजदेखि नागरिक रिसाएको र चित्त दुखाएको अवस्थामा त्यसलाई बेवास्ता गर्न नहुने भनेर विशेष महाधिवेशन सोही कुरा सम्बोधन गर्न बोलाइएको दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापाको रतुवा खोलामा 'ल्याण्डमार्क ब्रिज' निर्माण तीव्र, ५० प्रतिशत काम सम्पन्न
-
दमकमा खैरो हेरोइनसहित एक जना पक्राउ
-
सूर्यविनायक–धुलिखेल सडक : एकातिर द्रुत गतिमा कालोपत्रे, अर्कातिर हिलो र ढलको सास्ती
-
‘एल मेयो’लाई आजीवन कारावास
-
दाह्रा काटेपछि ध्रुर्वे निकुञ्जभित्रै
-
काठमाडौँसहित देशका विभिन्न स्थानमा पाँच जना मृत अवस्थामा फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण