मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

चेक बाउन्स प्रकरणबारे आशिका : पीडित पक्ष म नै हुँ

सोमबार, ०४ साउन २०८३, १५ : ३४
सोमबार, ०४ साउन २०८३

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले आफूमाथि लागेको चेक बाउन्सको आरोपबारे स्पष्टीकरण दिएकी छिन्।
  • उनले आफू पीडित भएको र कसैलाई दिनुपर्ने रकमको चेक बाउन्स नगरेको बताएकी छिन्।
  • सांसद तामाङले आफूले कानुनी प्रक्रिया अघि बढाएको र विपक्षीले मिडिया ट्रायल गर्न खोजेको आरोप लगाएकी छिन्।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सांसद आशिका तामाङले विभिन्न पत्रपत्रिका, सामाजिक सञ्जाल तथा राजनीतिक वृत्तमा आफूसँग सम्बन्धित “चेक बाउन्स” विषयमा प्रकाशित तथा प्रसारित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै भ्रममा नपर्न आग्रह गरेकी छिन्। 

साथै उनले चेक बाउन्सको विषयमा सार्वजनिक सूचनाहरू यथार्थपरक नभएको भन्दै आफू नै पीडित भएको प्रस्टीकरण दिएकी छिन्। ‘यस सम्बन्धमा म स्पष्ट गर्न चाहन्छु कि उक्त विषयमा प्रस्तुत गरिएको सूचना यथार्थपरक होइन। चेक बाउन्सको विषयमा पीडित पक्ष म स्वयं हुँ’, सोमबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै आशिकाले भनेकी छन्,‘मैले प्राप्त गर्नुपर्ने रकम सम्बन्धी चेक अनादर (बाउन्स) भएको हो, न कि मैले कसैलाई दिनुपर्ने रकमको चेक बाउन्स गरेको हो ।’

उक्त विषयमा आफूले सन् २०२४ मा सामाजिक सञ्जाल तथा विभिन्न अन्तर्वार्तामार्फत सार्वजनिक रूपमा आफ्नो धारणा स्पष्ट गरिसकेको पनि उनले बताइन्।

‘पीडित म र पीडक अमेरिका हुनुहुन्छ वास्तविकता के हो भने, सम्बन्धित व्यक्तिले मलाई दिनुपर्ने रकम नतिरेपछि मैले कानुनी प्रक्रियाअनुसार चेक अनादर सम्बन्धी कारबाही अघि बढाएको हुँ’, भ्रममा नपर्न आग्रह गर्दै उनले भनिन् । 

चेक अनादर सम्बन्धी मुद्दामा बैंकिङ कानुनअनुसार बैंकमा ४५ दिनको प्रतीक्षा अवधि पूरा गर्नुपर्ने व्यवस्था रहेकाले उक्त अवधि पश्चात् मात्र कानुनी प्रक्रिया औपचारिक रूपमा अगाडि बढ्ने पनि बताएकी छन् । 

सांसद तामाङले सम्बन्धित पक्षले आफूले तिर्नुपर्ने रकमबाट बच्न विभिन्न माध्यममार्फत मिडिया ट्रायल गर्ने, मानवअधिकार आयोगसम्म पुगेर आफ्ना दाबी प्रस्तुत गर्ने जस्ता गतिविधि गरेको भन्दै  ती दाबीहरू सत्यतामा आधारित नभएको समेत बताइन्।

at

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप