मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

काठमाडौँसहित देशका विभिन्न स्थानमा पाँच जना मृत अवस्थामा फेला

सोमबार, ०४ साउन २०८३, १५ : ४०
सोमबार, ०४ साउन २०८३

सारांश

  • काठमाडौँ, मुगु, चितवन, नवलपरासी पूर्व र पाल्पाका विभिन्न स्थानमा पाँच जना मृत फेला परेका छन्।
  • मृत्यु हुनेहरूमा धादिङका शकर शाही, एक अन्दाजी ३० वर्षीया महिला, एक अन्दाजी ४० वर्षीया महिला, स्याङ्जाका संदीप कुमार अर्याल र पाल्पाका कमल प्रसाद अधिकारी रहेका छन्।
  • यी घटनाहरूको प्रहरीले अनुसन्धान गरिरहेको छ।

काठमाडौँ। देशका विभिन्न स्थानमा पाँच जना मृत अवस्थामा फेला परेका छन्। काठमाडौँ महानगरपालिका-१३ कालिमाटीस्थित सडक पेटीमा धादिङ ज्वालामुखी गाउँपालिका-६ घर भएका ३४ वर्षीय शकर शाही आइतबार मृत अवस्थामा फेला परेका हुन्। 

त्यसैगरी मुगुको सोरू गाउँपालिका-५ नेरघाटस्थित कर्णाली नदीको किनारमा नाम, थर र वतन नखुलेकी अन्दाजी ३० वर्षीया महिला आइतबार मृत अवस्थामा फेला परेकी छिन्। यस्तै चितवनको रत्ननगर नगरपालिका-८ बागमारास्थित बुढी राप्ती नदीको दोभानमा नाम, थर र वतन नखुलेकी अन्दाजी ४० वर्षीया महिला सोमबार मृत अवस्थामा फेला परेकी छिन्। 

नवलपरासी पूर्वको विनयी त्रिवेणी गाउँपालिका-७ ब्यारेजपुरस्थित नारायणी नदीमा स्याङ्जा पुतलीबजार नगरपालिका-११ बस्ने ४८ वर्षीय संदीप कुमार अर्याल आइतबार मृत अवस्थामा फेला परेका छन्।

त्यसैगरी पाल्पाको माथागढी गाउँपालिका-३ सराईमा डेरा गरी बस्ने पूर्वखोला गाउँपालिका-२ जल्पा घर भएका ५४ वर्षीय कमल प्रसाद अधिकारी आफ्नै कोठामा सोमबार मृत अवस्थामा फेला परेका छन्। यी घटनाहरूका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप