वैदेशिक रोजगार विभागका पूर्वमहानिर्देशकविरुद्धको भ्रष्टाचार मुद्दामा आज सुनुवाइ
सारांश
- वैदेशिक रोजगार विभागका पूर्वमहानिर्देशक विश्वराज पाण्डेसहित तीन जनाको भ्रष्टाचार मुद्दामा सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ।
- विशेष अदालतले पाण्डेलाई दुई वर्ष कैद र जरिवाना सुनाएको थियो भने अन्य दुई कर्मचारीलाई पनि जरिवाना र कैद सजाय सुनाएको थियो।
- अख्तियारले घुस लिएको आरोपमा उनीहरूलाई पक्राउ गरेको थियो र विशेष अदालतले भ्रष्टाचारी ठहर गरेपछि सर्वोच्चमा मुद्दा पुगेको हो।
काठमाडौँ । वैदेशिक रोजगार विभागका पूर्वमहानिर्देशक विश्वराज पाण्डेसहित तीन जनाको भ्रष्टाचार मुद्दामा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासमा सुनुवाइ हुन लागेको हो ।
विशेष अदालतले वैदेशिक रोजगार विभागकमा पूर्वमहानिर्देशक पाण्डेलाई दुई वर्ष कैद र ३ लाख ३३ हजार जरिवाना हुने फैसला सुनाएको थियो । त्यस्तै विभागकै शाखा अधिकृत कृतिवल्लभ पौडेल र नायव सुब्बा खड्गबहादुर केसीलाई जनही ३ लाख ३३ हजार जरिवना र कैद सजाय सुनाएको थियो ।
वैदेशिक रोजगार न्यायाधीकरणमा विचाराधीन मुद्दा मिलाइदिने भन्दै एक म्यानपावर कम्पनीबाट १० लाख रूपैयाँ घुस मागेको भन्दै अख्तियारले उनलाई पक्राउ गरेको थियो । उनीहरु माथि २०७४ पुस ४ मा अख्तियारले मुद्दा दायर गरेको थियो । २०७७ सालमा विशेष अदालतले घुस प्रकरणमा तीनै जनालाई भ्रष्टाचारी ठहर गरेपछि सो उपर सर्वोच्च अदालत पुगेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सत्य निरूपण तथा बेपत्ता छानबिन आयोग गठनको माग गर्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)
-
फिफाद्वारा २०२६ विश्वकपको उत्कृष्ट टोली सार्वजनिक: गोल्डेन ग्लोभ विजेता नै टिममा परेनन्
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण