तनहुँमा ३ जनाको सामूहिक हत्या अनुसन्धान गर्न प्रदेशको टोली परिचालन
सारांश
- तनहुँको शुक्लागण्डकीमा निर्माणाधीन फोहोरमैला प्रशोधन केन्द्रमा ३ जनाको हत्या भएको छ।
- प्रहरी अनुसन्धान अनुसार, उनीहरूको हत्या धारिलो हतियार प्रयोग गरेर गरिएको थियो।
- मृतकहरूमध्ये एक जनाको सनाखत भएको छ भने अन्य दुई जनाको सनाखत हुन बाँकी छ।
काठमाडौँ । तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नम्बर ५ स्थित कसेरीघाटमा भएको ३ जनाको हत्याबारे अनुसन्धान गर्न प्रदेशको टोली परिचालन गरिएको छ ।
शनिवार निर्माणाधीन फोहोरमैला प्रशोधन केन्द्र परिसरमा दुई जना पुरुष र त्यहाँबाट करिब ७ सय मिटर पर खोलामा ‘माया’ भनेर चिनिएकी महिलाको शव भेटिएको थियो ।
तिनैजनालाई धारिलो हतियार प्रहार गरेर हत्या गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । मृत भेटिएका मध्ये शुक्लागण्डकी–११ पाल्पालीछाप घर भएका ४० वर्षीय नारायण बिकको सनाखत भएको छ ।
अर्का पुरुष र महिलाको सनाखत भएको छैन । महिला तनहुँकै स्थानीय भएको र आफन्तलाई सनाखत गर्न बोलाइएको गण्डकी प्रदेशका डीआईजी दिनेश आचार्यले रातोपाटीलाई बताए । सनाखत नभएका अर्का पुरुषलाई स्थानीयहरू ‘राजकुमार’ भनेर बोलाउँथे ।
घटना अनुसन्धान गर्न प्रदेश प्रहरी कार्यालयबाट अनुसन्धान अधिकृतहरूलाई परिचालन गरिएको छ । जिल्लाको टिमलाई सहयोग गर्न प्रदेशबाट पनि थप टिम परिचालन गरिएको डीआईजी आचार्यले बताए ।
सनाखत भएसँगै नारायण बिकको शव पोस्टमार्टम गरिएको छ । अन्य दुई जनाको शव पाेस्टमार्टम गर्न बाँकी रहेको तनहुँका एसपी टेक बहादुर कार्कीले जानकारी दिए ।
हत्या गरिएका तिनैजना फोहोर सङ्कलक हुन् । दिनभर फोहोर सङ्कलन गर्ने उनीहरू राति घटनास्थलमा टहरामा बस्ने गरेका थिए ।
नारायण बिक पनि दिनभर फोहोर सङ्कलन गरेर राति निर्माणाधीन फोहोरमैला प्रशोधन केन्द्रमा सुरक्षा गार्डको काम गर्दै आएका थिए ।
नारायण बिकको टाउको र पेटमा धारिलो हतियारको चोट देखिएको छ । राजकुमार र मायाको घाँटीमा चोट देखिएको एसपी कार्कीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दक्षिणी थाइल्यान्डमा सुरक्षा चौकीमाथि आक्रमण, ५ जना सैनिकको मृत्यु
-
छुट्टाछुट्टै दुर्घटनामा चार जनाले गुमाए ज्यान
-
कुवेतस्थित अमेरिकी प्याट्रियट मिसाइल प्रणाली र सैन्य उपकरणमा आक्रमण गरेको इरानको दाबी
-
विश्वविद्यालयहरूलाई पूर्ण रूपमा राजनीतिक हस्तक्षेपमुक्त बनाइने : शिक्षामन्त्री पोखरेल
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण