तनहुँको शुक्लागण्डकीमा ३ जनाको शव फेला, हत्याको आशङ्का
सारांश
- तनहुँको शुक्लागण्डकीमा एकैदिन ३ जनाको शव फेला परेको छ, जसमा दुई पुरुष र एक महिला छन्।
- शवहरू फोहोर मैला प्रशोधन केन्द्र र जङ्गलमा फेला परेका थिए, र हत्याको आशंका गरिएको छ।
- प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ, जसमा एसपीसहितको टोली, प्राविधिक टोली र कुकुरको प्रयोग गरिएको छ।
पोखरा । तनहुँको शुक्लागण्डकीमा एकैदिन ३ जनाको शव फेला परेको छ । दुई पुरुष र एक महिलाको शव फेला परेको प्रहरीले जनाएको छ । शुक्लागण्डकी नगरपालिका ५ कसेरीस्थित शुक्लागण्डकी नगरपालिकाको फोहोर मैला प्रशोधन केन्द्रमा दुई जना पुरुषको शव फेला परेको हो ।
मृतकमध्ये शुक्लागण्डकी नगरपालिका–११ राइपुरका नारायण विकको पहिचान खुलेको छ । फोहोर मैला केन्द्रमै भेटिएका अर्को एक जनाको पहिचान खुलेको छैन ।
अर्को एक जनाको शव जनकल्याण माविको तलपट्टी जङ्गलमा फेला परेको हो । उक्त शव महिलाको भएको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रमुख प्रहरी निरीक्षक धननारायण श्रेष्ठले जानकारी दिए ।
उनको पनि पहिचान खुल्न सकेको छैन । सबैको शरीरमा चोट भएकाले हत्याको आशङ्का गरिएको छ । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ । शवहरू सेती नदी किनारमा फेला परेका हुन् ।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार मृतकमध्ये एक जना सोही फोहोर प्रशोधन केन्द्रमा कार्यरत सुरक्षा गार्ड हुन् । उनी प्रायः केन्द्रको भित्रै बस्ने गरेका थिए, तर उनको शव बाहिर फेला पर्नुले घटनालाई रहस्यमय बनाएको छ ।
अन्य दुई जना खोला किनारमा फोहोर डिपो नजिकै बस्दै आएका व्यक्तिहरू हुन् । मृतकहरूको साथमा परिचय खुल्ने कागजपत्र नभए पनि स्थानीयले उनीहरूको नाम पहिचान गरेको तर प्रहरीले आधिकारिक पुष्टि गर्न बाँकी रहेको जनाएको छ ।
घटनाको प्रकृति शङ्कास्पद देखिएपछि जिल्ला प्रहरी कार्यालय तनहुँका एसपीसहितको टोली, गण्डकी प्रदेशको प्राविधिक टोली र तालिम प्राप्त कुकुर सहितको टोली घटनास्थलमा पुगेर अनुसन्धान अघि बढाएको उनले बताए ।
‘घटना अलि गम्भीर प्रकृतिको देखिएको छ । हामी अहिले अनुसन्धानकै क्रममा छौँ,’ उनले भने, ‘तालिमप्राप्त कुकुर र प्राविधिक टोलीले सूक्ष्म ढङ्गले काम गरिरहेको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
-
ज्येष्ठ नागरिकका लागि छुट्टै अन्तर्राष्ट्रिय महासन्धि बनाउँदै संयुक्त राष्ट्रसंघ, नेपाली मुद्दा समेट्न दबाब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण