बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

निर्वाचन बहिस्कारको माग गर्दै मसाल जुलुस, तीन जना प्रहरीकाे नियन्त्रणमा

सोमबार, २८ पुस २०८२, १८ : ४३
सोमबार, २८ पुस २०८२

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन बहिस्कारको माग गर्दै काठमाडौँमा मसाल जुलुस निकालिएको छ । 

सोमबार कोटेश्वरमा विभिन्न ६ वटा कम्युनिस्ट पार्टीहरूले निर्वाचन बहिस्कारको माग गर्दै मसाल जुलुस निकालेका थिए । पेरिसडाँडाबाट कोटेश्वरतर्फ आउँदै गर्दा तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको दलित मुक्ति मोर्चा नेपालका संयोजक टेक बहादुर विश्वकर्माले बताए । 

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका वैकल्पिक केन्द्रीय सदस्य एवं क्रान्तिकारी दलित मुक्ति मोर्चा नेपालका संयोजक टेक बहादुर विश्वकर्मा,वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका  विद्यार्थी संयोजक हिमांशु र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका  जिल्ला सदस्य अजित कालिकोटेलाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप