कांग्रेस विवाद
विशेष महाधिवेशन पक्षधर कांग्रेस कार्यसमिति बैठकमा नजाने
मङ्गलबार, २९ पुस २०८२, ०९ : ०९
सारांश
- नेपाली कांग्रेसका महामन्त्री द्वय गगन थापा र विश्व प्रकाश शर्मा पक्षधर केन्द्रीय कार्यसमिति बैठकमा नजाने भएका छन्।
- कार्यबाहक सभापति पूर्णबहादुर खड्काले केन्द्रीय कार्यसमितिको बैठक बोलाएका छन्।
- वार्ता समितिमा सहमति नभए नयाँ कार्यसमिति बनाएर निर्वाचन आयोगमा जाने विशेष महाधिवेशन पक्षधरको भनाइ छ।
काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा विशेष महाधिवेशन गरिरहेका नेपाली कांग्रेसका महामन्त्री द्वय गगन थापा र विश्व प्रकाश शर्मा पक्षधर केन्द्रीय कार्यसमिति बैठकमा नजाने भएका छन्।
कार्यबाहक सभापति पूर्णबहादुर खड्काले मङ्गलबार बिहानै ११ बजे केन्द्रीय कार्यसमितिको बैठक बोलाएका छन्। आफूहरूले वार्ता समिति गठन गरेको र त्यो वार्ता समितिमा सहमति नहुँदासम्म केन्द्रीय कार्यसमिति बैठकमा नजाने विशेष महाधिवेशन पक्षधर केन्द्रीय सदस्य प्रतिमा गौतमले जानकारी दिइन्।
वार्ता समितिमा कुरा नमिले आफूहरू नयाँ कार्यसमिति बनाएर निर्वाचन आयोगमा जाने उनको भनाइ छ। विशेष महाधिवेशन गौतम मधु आचार्य प्रदीप पौडेल प्रकाश स्नेही रसाइली र अजय बाबु शिवाकोटी छन्।
त्यस्तै सह महामन्त्री फर्मुला मनसुर अर्जुन नरसिंह केसी र उमा रेग्मी पनि यही पक्षमा छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण