सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कांग्रेस परिवर्तनको पक्षमा छ : न्यौपाने

मङ्गलबार, २९ पुस २०८२, १२ : ४४
मङ्गलबार, २९ पुस २०८२

सारांश

  • गोरखा जिल्ला सभापति नन्दु न्यौपानेले कांग्रेस परिवर्तनको पक्षमा उभिएको बताए।
  • उनले कांग्रेसको दस्ताबेज कार्यान्वयन पक्ष कमजोर रहेको र महिलाको स्थान सुधार्नुपर्ने बताए।
  • न्यौपानेले नेताको चयन र सहभागिता कामको आधारमा हुनुपर्नेमा जोड दिए।

काठमाडौँ । नेपाली कांग्रेस गोरखा जिल्ला सभापति नन्दु न्यौपानेले कांग्रेस परिवर्तनको पक्षमा उभिएको बताएका छन् । पार्टीको नेता र नेतृत्व दुवै परिवर्तनको माग उठिरहेको भन्दै उनले अब कांग्रेसलाई नयाँ ऊर्जा र नयाँ जोश भरिएको पार्टी बनाउनुपर्नेमा जोड दिए । 

विशेष महाधिवेशनको बन्दसत्रमा आफ्नो भनाइ राख्दै उनले  कांग्रेसको दस्ताबेज भए पनि कार्यान्वयनको पक्ष भने कमजोर  रहेको बताए । उनले महिलाहरूको स्थान जिल्लामा सुधारेर लैजानुपर्ने बताए। अब नेताको भेद र अवसर कामको आधारमा गर्नुपर्ने उनले बताए । उनले भने,'अब नेताको चयन र सहभागिता कामको आधारमा गर्नुपर्छ।'

अनुभवी नेताहरूले पार्टी बनाउनुपर्ने र नयाँलाई सरकारमा वा सार्वजनिक पदहरूमा पठाउनु पर्ने उनले बताए।  नेताहरूले  दूरदृष्टि राख्दै बाहिर रहेका कांग्रेसका नेता कार्यकर्तालाई समेट्नुपर्नेमा उनले जोड दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप