आफूलाई डस्ने सर्प जिउँदै बोकेर उपचारका लागि अस्पताल पुगे एक व्यक्ति
काठमाडाैँ । सर्पले डस्नासाथ जोसूकै भयभीत हुन्छ । समयमै उपचार नपाए मानिसको मृत्युसमेत हुन सक्छ, तर भारतको उत्तर प्रदेश राज्यको मथुरा निवासी एक व्यक्ति भने आफूलाई सर्पले डस्नासाथ उपचारका लागि भन्दा पनि उक्त सर्पलाई समात्न समय खर्चिएर बसे ।
यतिमात्र होइन, उनले आफूलाई डस्ने सर्पलाई जिउँदै समातेर अस्पतालसम्म लगे ।
भारतीय सञ्चारमाध्यमका अनुसार मथुराका ई–रिक्सा चालक दीपकलाई सोमबार सर्पले डसेको थियो । उनी उक्त सर्पलाई लिएरै जिल्ला अस्पतालको आकस्मिक उपचार कक्षमा पुगे ।
चिकित्सकलाई सर्पको पहिचान गराउने उद्देश्यले आफूले सर्पलाई समातेर अस्पतालमै ल्याएको दीपकको भनाइ थियो । कुन सर्पले डसेको हो भन्ने थाहा भएको खण्डमा उपचारका लागि सहज हुन्छ भन्ने सुनेको आधारमा आफूले सर्पलाई नै बोकेर अस्पताल पुर्याएको उनले बताए ।
यद्यपि, अस्पतालभित्रै सर्प बोकेर आएको देखेपछि केहीबेर माहोल त्रसित भयो । चिकित्सकले उनलाई सर्प कुनै सुरक्षित स्थानमा छाडेर आउन आग्रह गरे । त्यसपछि उनले अस्पताल नजिकैको सडकमा आफ्नो ई–रिक्सा तेर्स्याएर केहीबेर चक्काजाम समेत गरे ।
त्यसपछि प्रहरी आएर उनलाई सम्झाइ–बुझाइ गरेर उक्त सर्पलाई नजिकैको जंगल क्षेत्रमा लगेर छाड्न लगाएको बताइएको छ । चिकित्सकका अनुसार सर्पलाई सुरक्षित स्थानमा व्यवस्थापन गरी दीपकको उपचार गरिएको छ । उनको अवस्था खतरामुक्त रहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले कसरी मनाउँदैछ वीपी स्मृति दिवस ?
-
कुनै शीर्ष नेतासँग भेटवार्ता भएको छैन : मुख्यमन्त्री आचार्य
-
काठमाडौँ–तराई द्रुतमार्ग निर्माणमा ढिलाइप्रति राष्ट्रियसभा सदस्यहरूको असन्तुष्टि
-
बाजुरामा जिप दुर्घटना हुँदा ९ जना घाइते
-
चालु आर्थिक वर्षमा संसद्मा कुन मन्त्रालयबाट कुन–कुन विधेयक दर्ता हुँदैछन् ?
-
विश्वकप जितको उत्सव मनाउने क्रममा स्पेनमा १३ वर्षीय बालकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण