पार्टी बलियो बनाउन नेतृत्व परिवर्तनका लागि समेत तयार छुः लिङ्देन
सारांश
- राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी बलियो बनाउन नेतृत्व परिवर्तन गर्न तयार रहेको बताए।
- उनले नेपालको निर्णायकत्व विदेशीको हातमा गएको र समान विचार भएकाहरू एकताबद्ध हुनुपर्नेमा जोड दिए।
- राप्रपा नेता कमल थापाले भ्रष्ट व्यवस्था र शासकबाट देशलाई मुक्त गराउने काम राप्रपाले मात्र गर्न सक्ने बताए।
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी बलियो बनाउनका लागि नेतृत्व परिवर्तन गर्न समेत तयार रहेको बताएका छन् ।
मंगलबार काठमाडौँमा आयोजित पार्टी एकता कार्यक्रममा बोल्दै अध्यक्ष लिङ्देनले बलियो बनाउन बनाउने क्रममा व्यवस्थापकीय कुराहरू छलफलबाट मिलाउन सकिने भन्दै नेतृत्व बाधक बने परिवर्तन गर्न समेत आफू तयार रहेको बताएका हुन् ।
अहिलेसम्मको सबै घटनाक्रमले, सबै अग्नि परीक्षाले राष्ट्रवादी आन्दोलनको मूलधार र शक्ति भनेको राप्रपा नै हो भन्ने प्रमाणित भएको उनले दाबी गरे ।
उनले नेपालको निर्णायकत्व विदेशीको हातमा गएको, अनुभूति गरिने गरी प्रयोग भइरहेकाले समान बिचार भएकाहरू एकताबद्ध हुनुपर्नेमा जोड दिए ।
नेपालको निर्णायकता नेपाली जनताकै हातमा राख्न, नेपालको राष्ट्रियतालाई सुदृढ बनाउन र समुन्नत, समृद्ध र सबल राष्ट्रको जिम्मा युवाहरूलाई दिने कर्तव्य आफूहरूको भएको उनले बताए । अध्यक्ष लिङ्देनले आगामी चुनावका लागि इमानदारीका साथ मेहनत गर्दै निर्वाचन रूपी आन्दोलनमा होमिन अपिल समेत गरे ।
त्यस्तै राप्रपाका नेता कमल थापाले जेनजीको म्याण्डेट अनुसार भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट देशलाई मुक्त गराउने काम राप्रपाले मात्रै गर्न सक्ने बताए । अहिलेको देशको संकटको मुख्य कारण संघीय धर्मनिरपेक्ष गणतन्त्र भएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्यालयलाई अनुदानः शिक्षक विद्यार्थीलाई पुरस्कार
-
उज्यालो बन्दै छ विश्वप्रसिद्ध एबीसी पदमार्ग
-
छैटौँ विश्वकपमा मेसीको ऐतिहासिक गोल, अर्जेन्टिनाको अग्रता
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
तीन मौसमी वायुको असर : आज सातै प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा
-
आज पहाडी तथा हिमाली क्षेत्रमा वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण