हेटौँडामा पानी परीक्षण प्रयोगशाला सञ्चालनमा
मङ्गलबार, २९ पुस २०८२, २२ : ४०
बागमती । खानेपानीको स्वच्छता परीक्षण गर्न हेटौँडामा अत्याधुनिक पानी परीक्षण प्रयोगशाला निर्माण गरिएको छ ।
खानेपानी तथा ढल व्यवस्थापन कार्यालय हेटौँडा र हेटौँडा खानेपानी व्यवस्थापन बोर्डको संयुक्त लगानीमा नवनिर्मित पानी परीक्षण प्रयोगशालाको मंगलबार एक कार्यक्रमका बीच हेटौँडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामाले उद्घाटन गरे ।
खानेपानी व्यवस्थापन बोर्डको कार्यालयभित्र निर्माण प्रयोगशालाबाट बोर्डको ग्राहकलाई निःशुल्क र अरुका लागि शुल्क लिएर पानी परीक्षण गर्ने व्यवस्था मिलाइएको बोर्डका अध्यक्ष प्रताप विष्टले जानकारी दिए । पानी परीक्षण प्रयोगशाला नहुदाँ समस्या भोगिरहेका स्थानीयलाई अब स्वच्छ खानेपानी उपभोग गर्न पाउने खानेपानी बोर्डका सदस्य तथा मकवानपुर उद्योग वाणिज्य सङ्घ हेटौँडाका अध्यक्ष प्रमोदराज राणाभाटले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पदाधिकारीका लागि आज चुनावी प्रतिस्पर्धा, यस्तो छ ‘हेभिवेट’ उम्मेदवारहरूको दाबेदारी
-
रवि लामिछाने मध्यरातमा महाधिवेशन स्थलमा, आकांक्षीहरुसँग छलफल (फोटो फिचर)
-
सातै प्रदेशका ‘टपर’ नेताहरू को–को हुन् ? हेर्नुहोस् सर्वाधिक मत ल्याउने ७ उम्मेदवार
-
रास्वपा उपसभापतिमा ‘हेभिवेट’ महिला नेतृहरूको रोचक भिडन्त
-
रास्वपा महाधिवेशन: मध्यरातमा सार्वजनिक भयो दोस्रो चरणको कार्य तालिका, बिहान ४ बजेदेखि मतदान
-
रास्वपा उपसभापतिमा सोबिता गौतमको प्रस्तावक बनिन् प्रतिभा रावल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण