रौतहटमा प्रतिबन्धित लागुऔषधसहित दुई जना पक्राउ
रौतहट । रौतहटको परोहा नगरपालिकास्थित बसिर चोकबाट प्रतिबन्धित लागुऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार परोहा नगरपालिका–७ बसिर चोकमा सशस्त्र प्रहरी बलको विओपी सरमुजवा र प्रहरी चौकी मोतीपुर नरकटियाको संयुक्त टोलीले बीआर ०५ बीएल ८८४६ नम्बरको मोटरसाइकल जाँच गर्दा लागुऔषध फेला परेको हो।
सीमापारी भारतबाट नेपालतर्फ आउँदै गरेको उक्त मोटरसाइकलमा सवार बारा निजगढ नगरपालिका–७ का ३० वर्षीय शिखरबहादुर पुलामी र भारत बिहार पूर्वी चम्पारण जिल्लाको ग्रामपञ्चायत घोडासहान कबैया–६ का २९ वर्षीय गोलु भन्ने नैतिक कुमार पक्राउ परेको रौतहट प्रहरी प्रमुख एसपी रवीन कार्कीले बताएका छन्।
उनीहरूको साथबाट ट्रामोल–५० लेखिएको १२६ पत्तामा १ हजार २ सय ६० पिस क्याप्सुल, ३ थान मोबाइल, ३६ हजार रुपैयाँ नगद र एक थान मोटरसाइकल बरामद गरिएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी तथा डिएसपी विष्णुप्रदीप वस्यालले पक्राउ परेका दुवै जनालाई लागुऔषध ओसारपसार कसुर ऐनअन्तर्गत रौतहट जिल्ला अदालतबाट म्याद लिई थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको बहुलठ्ठीपनः अमेरिकी साम्राज्यवादको संकट
-
गण्डकीमा थपिँदै रुग्ण आयोजना, ५४ ठुला आयोजना अलपत्र
-
च्यासलमा सुरु भयो एमाले संसदीय दलको बैठक
-
'अमेरिका–इरान सम्झौताको भविष्य प्रतिबद्धताको कार्यान्वयनले तय गर्छ'
-
बाली सुक्न थालेपछि हुम्लाका किसान चिन्तित
-
सरकारको प्रस्टीकरण : कक्षा १२ को नतिजामा त्रुटि छैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण