एन्फा राष्ट्रिय लिग फुटबलमा फ्रेन्ड्स क्लबको विजयी सुरुवात
सारांश
- फ्रेन्ड्स क्लबले एन्फा राष्ट्रिय लिग फुटबलमा काँक्रेविहार क्लबलाई ३-१ गोलले पराजित गर्यो।
- खेलमा काँक्रेविहारले सुरुवाती अग्रता लिए पनि फ्रेन्ड्स क्लबले पुनरागमन गर्दै जित हासिल गर्यो।
- प्रतियोगितामा फ्रेन्ड्स क्लबले पहिलो खेलबाट ३ अंक जोड्यो भने काँक्रेविहारले हारबाट सुरुवात गर्यो।
काठमाडौँ । फ्रेन्ड्स क्लबले एन्फा राष्ट्रिय लिग फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । बुधबार काठमाडौँको एन्फा कम्प्लेक्समा भएको खेलमा फ्रेन्ड्स क्लबले काँक्रेविहार क्लबमाथि ३–१ गोलको प्रभावशाली जित दर्ता गरेको हो ।
खेलमा सुरुवाती अग्रता जोगाउन नसक्दा काँक्रेविहार क्लब पराजित हुन पुग्यो । खेलको छैटौँ मिनेटमा फ्रेन्ड्स क्लबका कमल श्रेष्ठले आत्मघाती गोल गरेपछि काँक्रे विहारले अग्रता लिएको थियो ।
तर, फ्रेन्ड्स क्लबले शानदार पुनरागमन गर्दै पहिलो हाफको इन्जुरी समयमा प्रशान्त लक्ष्मणको गोलमार्फत खेल बराबरीमा ल्यायो । दोस्रो हाफमा फ्रेन्ड्स क्लबले थप दुई गोल गर्यो ।
खेलको ५९औँ मिनेटमा प्रवेश बस्नेतले गोल गर्दै फ्रेन्ड्स क्लबलाई २–१ को अग्रता दिलाए । त्यसपछि, खेलको निर्धारित ९०औँ मिनेटमा आशिष चपागाईंले गोल गर्दै फ्रेन्ड्स क्लबलाई ३–१ को सहज जित दिलाए ।
जितसँगै फ्रेन्ड्स क्लबले प्रतियोगिताको पहिलो खेलबाट तीन अंक जोडेको छ भने पराजित काँक्रेविहारले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण