माघी पर्वले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने छ : प्रदेश प्रमुख मियाँ
सारांश
- सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले माघी पर्वले सामाजिक सद्भाव बढाउने बताए।
- माघी पर्व विभिन्न समुदायमा मौलिकताका साथ मनाइन्छ, विवाहित चेलीलाई कोसेली दिने चलन छ।
- तराईमा थारु समुदायले माघीलाई नयाँ वर्षका रूपमा मनाउँछन्, एकता र समृद्धिको कामना गरिएको छ।
धनगढी । सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले माघी पर्वले नेपाली समाजमा सामाजिक सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन्।
माघी पर्व, २०८२ को अवसरमा बिहीबार शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख मियाँले माघी पर्व नेपालका विभिन्न जातजाति, समुदाय तथा भूगोलमा आ–आफ्नै मौलिकता र सांस्कृतिक विशेषताका साथ मनाइने पर्व भएको उल्लेख गरेका छन् ।
सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरूमा माघे संक्रान्तिका अवसरमा विवाहित चेलीहरूलाई कोसेली दिने प्रचलन रहेको छ भने मान्यजनको आशीर्वाद लिने, विभिन्न सांस्कृतिक कार्यक्रम, मेला, महोत्सव तथा माघी मिलन समारोह आयोजना गर्ने गरिन्छ। साथै, तराईका जिल्लाहरू कैलाली र कञ्चनपुरमा थारु समुदायले माघी पर्वलाई नयाँ वर्षको रूपमा हर्षोल्लासका साथ मनाउने गर्दछन्।
बहुजातीय, बहुभाषिक तथा बहुसांस्कृतिक नेपाली समाजमा यस्ता पर्वहरूले विभिन्न जातजाति र समुदायको मौलिक संस्कृति र परम्पराको संरक्षण, संवर्द्धन र विकासमा टेवा पुर्याउनुका साथै सामाजिक सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई अझ मजबुत बनाउने उनले विश्वास व्यक्त गरेका छन्।
‘ माघी पर्वले सम्पूर्ण सुदूरपश्चिम प्रदेशवासीसहित सबै नेपालीहरूबीच आपसी विश्वास, प्रेम र एकता प्रगाढ बनाउँदै मुलुकको समग्र विकास र समृद्धिमा अग्रसर हुन सबैलाई प्रेरणा प्रदान गरोस्’ प्रदेश प्रमुख मियाँले जारी गरेको शुभकामना सन्देशमा उल्लेख गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा बागमती अधिवेशन आजबाट, सभापति लामिछाने सहभागी नहुने
-
तीन सांसदको गठबन्धनलाई तोड्दै पर्सामा रास्वपा संस्थापन पक्षका सांसद पन्तको प्यानल विजयी
-
रास्वपा नवलपुरको सभापतिमा भण्डारी
-
बागमती प्रदेशमा ७०१ दरबन्दी कटौती गर्ने तयारी
-
‘आइपीएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम
-
‘बजेटको दिशा सही छ, तर गन्तव्यमा पुग्ने आधार अझै प्रस्ट छैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण