यस्ता छन् गगन थापा नेतृत्वको कांग्रेस केन्द्रीय समिति बैठकका निर्णय
सारांश
- नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले आगामी निर्वाचनलाई लक्षित गरी घोषणापत्र र निर्वाचन परिचालन समिति गठन गरेको छ।
- गगन कुमार थापाको संयोजकत्वमा घोषणापत्र निर्माण समिति र विश्वप्रकाश शर्माको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरियो।
- बैठकले निर्वाचन आयोगमा नयाँ विवरण अध्यावधिक गर्ने र बदलिएको कांग्रेस बनाउने संकल्प गरेको छ।
काठमाडौँ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन कुमार थापाको अध्यक्षतामा पहिलो केन्द्रीय समिति बैठक बसेको छ ।
बिहीबार ललितपुरमा बसेको बैठकले आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गरी घोषणापत्र तयारी र निर्वाचन परिचालन समिति गठन गरेको नेता देवराज चालिसेले जानकारी दिए ।
बैठकले पार्टी सभापति गगन कुमार थापाकै संयोजकत्वमा 'घोषणापत्र निर्माण समिति' गठन गरेको छ। चालिसेले भने, 'यो घोषणापत्र केवल घोषणाका लागि नभई एक्सनका लागि भिजन सहितको हुनेछ। कति वर्षमा कस्तो कांग्रेस र कस्तो देश बनाउने भन्ने ठोस योजना र कार्यपद्धति यसमा समेटिनेछ।'
यसैगरी आगामी निर्वाचनमा पार्टीलाई सशक्त रूपमा प्रस्तुत गर्न उपसभापति विश्वप्रकाश शर्माको संयोजकत्वमा 'निर्वाचन परिचालन समिति' गठन गरिएको छ। समितिले देशभर पार्टी पंक्तिलाई सक्रियतापूर्वक परिचालन गर्ने र आम नागरिकलाई पार्टीसँग जोड्ने काम गर्ने उनको भनाइ छ ।
विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएसँगै निर्वाचन आयोगमा रहेका पुराना अभिलेखहरूलाई विस्थापन गरी नयाँ विवरण अध्यावधिक गर्ने निर्णय बैठकले गरेको छ। नेता चालिसेले भने, 'उम्मेदवार मनोनयनका लागि आधिकारिक दस्तखत परिवर्तन गर्ने, समानुपातिक सूचीलाई संशोधन गर्ने लगायतका कानुनी र वैधानिक दायित्वहरू पूरा गर्न आयोगमा पत्राचार र विवरण बुझाइनेछ।'
बैठकले समसामयिक राजनीतिक परिस्थितिको समीक्षा गर्दै 'बदलिएको परिस्थितिमा बदलिएको कांग्रेस' निर्माण गर्ने संकल्प गरेको छ। नेता चालिसेले भने, 'जनताका लागि राजनीति हो, केही व्यक्तिका लागि होइन भन्ने सन्देश हामी घोषणापत्र र व्यवहारबाटै दिन चाहन्छौं। नयाँ युग सापेक्ष र युवाहरूको आशा बमोजिमको कांग्रेस बनाउन हामी केन्द्रित छौं।'
बैठक भोलि पनि जारी रहने र थप रणनीतिक विषयमा छलफल हुने नेता चालिसेले जानकारी दिए। केन्द्रीय समितिको बैठक लगत्तै नेताहरू विवरण अध्यावधिक गर्न निर्वाचन आयोग तर्फ प्रस्थान गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डेन्टल क्लिनिकमा अवैध जनशक्तिको बिगबिगी, छानबिन गरी खारेज गर्न एशोसिएशनको माग
-
प्रेमीसँग मिलेर हुनेवाला पतिको हत्या आरोप
-
१ अर्ब ८७ करोडको बजेट ल्याउँदै जितपुर सिमरा उपमहानगर
-
यी बानीले तपाईंलाई बनाइरहेछ समयभन्दा पहिले बुढो
-
सरकारले शिक्षा क्षेत्रलाई अस्तव्यस्त बनाएको राष्ट्रिय सभाका सांसदहरूको आरोप
-
बालुवा प्रशोधन केन्द्रप्रति स्थानीयको आपत्ति, अनुमति प्रक्रियामाथि प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण