विशेष महाधिवेशन पक्षले कांग्रेस केन्द्रीय कार्यालयको दाबी तत्काल नगर्ने
बिहीबार, ०१ माघ २०८२, १३ : ५७
सारांश
- नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले सानेपास्थित केन्द्रीय कार्यालयको दाबी नगर्ने भएका छन्।
- प्रवक्ता देवराज चालिसेले नवनिर्वाचित कार्यसमिति अद्यावधिकको प्रक्रिया चलिरहेको बताए।
- कांग्रेसले लोकतन्त्रमा विश्वास गर्ने भएकाले हुलहुज्जत गरेर कार्यालय दाबी नगर्ने जनाएको छ।
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले तत्काल कांग्रेसको सानेपास्थित केन्द्रीय कार्यालयको दाबी नगर्ने भएको छ । प्रवक्ता देवराज चालिसेले नवनिर्वाचित कार्यसमिति अद्यावधिकको प्रक्रियामा रहेको भन्दै त्यो निरूपण नभएसम्म कार्यालय दाबी नगर्ने बताएका हुन् ।
नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठकपछि पत्रकारसँग कुराकानी गर्दै प्रवक्ता चालिसेले आफूहरू लोकतन्त्रमा विश्वास गर्ने भएकोले हुलहुज्जत गरेर केन्द्रीय कार्यालय दाबी गर्न जानु आवश्यक नभएको बताए ।
‘यो डेमोक्रेसी हो, यसको अद्यावधिक प्रक्रिया चलिरहेकोले तत्कालै कार्यालय गइहाल्नुपर्छ भन्ने छैन,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ककरोच जनता पार्टीका संस्थापक अभिजीत दीपकेको अनशन अन्त्य
-
संसदीय सुनुवाइ समिति बैठक आह्वान, प्रस्तावित निर्वाचन आयुक्तहरूको सुनुवाइ हुने
-
बाँके राष्ट्रिय निकुञ्जमा पूर्वसूचना प्रणाली जडान
-
नेपालमा बालयौन दुराचारको अभियोगमा सजाय काटेका कुम्ब्स अमेरिकमा पनि दोषी ठहर
-
नेपालमा जलवायु-स्मार्ट कृषि विस्तारका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक : मन्त्री चौधरी
-
जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट एक करोड १४ लाख राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण