राष्ट्र सङ्घीय मिसनको फोर्स कमाण्डरमा श्रेष्ठ नियुक्त
सारांश
- गणेश कुमार श्रेष्ठ संयुक्त राष्ट्र सङ्घीय शान्ति मिसनको फोर्स कमाण्डरमा नियुक्त भएका छन्।
- उनी माघ ३ गते कार्यक्षेत्रतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ र यो नेपाली सेनाको लागि ऐतिहासिक उपलब्धि हो।
- यसअघि सात जना नेपाली सैनिक अधिकारीहरूले विभिन्न शान्ति मिसनमा फोर्स कमाण्डरको रूपमा नेतृत्व गरिसकेका छन्।
काठमाडौँ । नेपाली सेनाका बलाध्यक्ष रथी गणेश कुमार श्रेष्ठ संयुक्त राष्ट्र सङ्घीय शान्ति मिसन 'युनाइटेड नेसन्स इन्टरिम सेक्युरिटी फोर्स फर अब्येई' (युनिस्फा) को फोर्स कमाण्डरमा नियुक्त भएका छन्। यस महत्वपूर्ण जिम्मेवारी सम्हाल्न उनी भोलि माघ ३ गते कार्यक्षेत्रतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ।
संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले गत मङ्सिर १६ गते रथी श्रेष्ठलाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेका थिए। यो नियुक्ति नेपाली सेनाका लागि विशेष ऐतिहासिक उपलब्धि मानिएको छ। संयुक्त राष्ट्र सङ्घका विभिन्न शान्ति मिसनहरूमध्ये 'युनिस्फा' मा नेपाली सेनाले पहिलो पटक फोर्स कमाण्डरको उच्च पद प्राप्त गरेको हो।
यसअघि सन् १९९३ देखि हालसम्म नेपाली सेनाका सात जना उच्च सैनिक पदाधिकारीहरूले विभिन्न पाँच वटा शान्ति मिसनहरूमा फोर्स कमाण्डरको रूपमा सफलतापूर्वक नेतृत्व गरिसकेका छन्। रथी श्रेष्ठको यो नियुक्तिसँगै राष्ट्र सङ्घीय शान्ति मिसनमा फोर्स कमाण्डरको जिम्मेवारी पाउने नेपाली सैनिक अधिकारीको सङ्ख्या आठ पुगेको छ।
नेपाली सेनाले यस किसिमको अन्तर्राष्ट्रिय जिम्मेवारीलाई नेपाल र नेपालीको छविका लागि गौरवको विषय मानेको छ। विश्वका द्वन्द्वग्रस्त मुलुकहरूमा शान्ति स्थापनाका लागि नेपाली सेनाले खेल्दै आएको व्यावसायिक भूमिकाको उच्च कदर गर्दै राष्ट्र सङ्घले यो अवसर प्रदान गरेको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशनः प्रतिनिधिलाई परिचयपत्र वितरण गर्न थालियो, दिउँसो १ बजेदेखि बन्दसत्र
-
गोल्डेन बुटको रोमाञ्चक दौड : कसले मार्ला बाजी ?
-
रेकर्ड तोडेपछि क्लोजको प्रतिक्रिया : ‘मेस्सी नै सर्वकालीन उत्कृष्ट खेलाडी’
-
अल्जेरियाको शानदार पुनरागमन, जोर्डनलाई २–१ ले हराउँदै पहिलो जित दर्ता
-
सार्वजनिक सवारी दर्ता विवादमा समाधानको प्रयास, पुराना एलसी भएका सवारी दर्ता गर्न पाइने
-
धुलिखेल–खावा सडकमा असार १४ देखि टिपरलाई पूर्ण प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण