फिर्ता गरिएको हस्ताक्षर हामीलाई मान्य छैन : विश्वप्रकाश शर्मा
काठमाडाैँ । गगन थापा नेतृत्वको नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले विशेष महाधिवशेनको हस्ताक्षर फिर्ताका बारेमा कपोकल्पित हल्ला फिँजाइएको बताएका छन् । आधिकारिकता सम्बन्धि जानकारी दिनका लागि शुक्रबार निर्वाचन आयोगमा पुगेका शर्माले विधिसम्मत रुपमा फिर्ता नभएको हस्ताक्षरलाई खारेज गरिएको बताएका हुन् ।
उनले २९ जनाले मात्रै समयमा हस्ताक्षर फिर्ता गरेको जानकारी दिए । अन्य साथीहरुको हस्ताक्षर फिर्तालाई नेपाली कांग्रेसकाे केन्द्रीय समितिले खारेज गरेको उनको दाबी छ । उनले हस्ताक्षर गर्ने र फिर्ता लिने निश्चित समय हुने पनि बताए ।
महाधिवेशन सकिएर गाउँ फर्किसकेपछि फिर्ता गरिएको हस्ताक्षर आफूहरुलाई मान्य नहुने उनको भनाइ छ ।
उनले भने, ‘कसैले हस्ताक्षर गर्नुभएको छ र त्यो फिर्ता लिनुभयो भने अनौठो मान्नु हुँदैन । तर त्यो दर्ता गर्ने एउटा म्याद हुन्छ, फिर्ता गर्ने पनि म्याद हुन्छ । समयावधि भित्र फिर्ता भएकाे संख्या २९ जना हो । जम्मा २९ जनाले मात्रैले यसबिचमा विशेष महाधिवेशनको लागि दर्ता गरेपछि फिर्ता गरेका हुन् ।’
उनले थप भने, ‘नेपाली कांग्रेसको केन्द्रीय कार्यलयबाट हस्ताक्षर गर्ने साथीहरुको हस्ताक्षर सनाखत गराइएको भए, सनाखत गरेको बेलामा कुनै साथीले फिर्ता गर्नुभएको भए, निर्वाचन आयोगले त्यसलाई नगरेको भन्ने बुझ्ने हुन्थ्यो । विशेष अधिवेशन चलिरहेको बेलामा फिर्ता लिएको भए पनि फिर्ता मान्न मिल्थ्यो । गाउँ फर्किसकेको कोही साथीको नाम चाहीँ अचानक हस्ताक्षर फिर्ता भनेर आउँछ भने त्यसलाई मैले धेरै टिप्पणी गर्न चाहन्न । तर यो युक्तिसंगत विल्कुल होइन । त्यो कपोकल्पित छ, पूर्णरुपमा खारेजयोग्य छ।’
नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशनमा सहभागी रहने भनिएका ८ सय ८५ हस्ताक्षरकर्ताहरुले विशेष महाधिवेशनबाट बाहिरिएको जानकारीसहितको हस्ताक्षर पार्टी कार्यालयमा बुझाएको बताएका थिए । – न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिमखोलाले बगाएका स्कुटर चालक मृत फेला
-
रोकिएन ब्याजदर घट्ने सिलसिला, साउनका लागि ८ बैंकले घटाए (सूचीसहित)
-
विश्वका धेरै देशमा पहिलो पटक अमेरिकाभन्दा चीन बढी लोकप्रिय : प्रतिवेदन
-
जापानमा ‘एफएनजे ग्लोबल मिडिया कन्फ्रेन्स २०२६’ हुँदै, विश्वभरका नेपाली पत्रकार जुट्ने
-
रसुवागढी नाकाबाट ६ हजार बढी विद्युतीय सवारी आयात (तस्बिरहरू)
-
कञ्चनपुरमा श्रीमान्काे कुटपिटबाट श्रीमतीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण