जनमत पार्टीको महाधिवेशन चैत २० र २१ गते
शनिबार, ०३ माघ २०८२, ०० : २७
सारांश
- जनमत पार्टीले आगामी चैत २० र २१ गते दोस्रो महाधिवेशन गर्ने निर्णय गरेको छ।
- पार्टीको केन्द्रीय समिति बैठकले महाधिवेशनको मिति तय गरेको हो।
- महाधिवेशनको स्थान पछि तय हुनेछ, र विभिन्न उपसमितिहरू गठन गरिएका छन्।
काठमाडौँ । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले आफ्नो दोस्रो महाधिवेशन आगामी चैत २० र २१ गते गर्ने निर्णय गरेको छ । गत पुस २० गते बसेको पार्टीको केन्द्रीय समितिको बैठकले महाधिवेशनको मिति तय गर्नुका साथै विभिन्न उपसमितिहरू गठन गरेको हो ।
पार्टीका अनुसार महाधिवेशनको स्थान भने पछि तय गरिनेछ । बैठकले बसन्त कुमार कुशवाहाको संयोजकत्वमा महाधिवेशन आयाेजक समिति गठन गरेको छ । यस्तै, नरेन्द्र प्रसाद चौधरीलाई महाधिवेशन निर्वाचन समितिको जिम्मेवारी दिइएको छ भने सञ्जय कुमार यादवलाई विधान समिति तथा राजनितिक प्रतिवेदन समितिकाे जिम्मेवारी दिइएकाे छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले गर्यो १० सचिवको सरुवा
-
किसान बचाउन ६ लाख बाँदर मार्नुपर्छ, जेल जान पनि डराउँदिनँ: सांसद राई
-
कैलालीमा भेटिएको शंकास्पद वस्तु डिस्पोज
-
४४ लाख मूल्य बराबरको भन्सार छलीको सामान बरामद
-
बजेटभन्दा मुलुकको अस्मिता र राष्ट्रियता महत्वपूर्ण, सरकार जवाफदेही बनेन: सांसद केरुङ
-
प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति कि पुष्टि हुनुपर्छ कि सच्चाइनुपर्छ : बराल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण