शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
राजनीति

एकता र सद्भाव कायम राख्दै पार्टीलाई नयाँ उचाइमा पुर्‍याउन कांग्रेस केन्द्रीय समिति बैठकको अपिल

शनिबार, ०३ माघ २०८२, १४ : ०५
शनिबार, ०३ माघ २०८२

सारांश

  • नेपाली कांग्रेसले एकता र सद्भाव कायम राख्न देशभरका नेता तथा कार्यकर्तालाई अपिल गर्ने निर्णय गरेको छ।
  • पार्टीले शेरबहादुर देउवाको योगदानको उच्च मूल्याङ्कन गर्दै आभार व्यक्त गर्ने निर्णय गरेको छ।
  • कांग्रेस आगामी निर्वाचनका लागि केन्द्रित हुने र टिकट वितरण संसदीय बोर्डमार्फत गरिनेछ।

काठमाडौँ । नेपाली कांग्रेसले एकता र सद्भाव कायम राख्दै पार्टीलाई नयाँ उचाइमा पुराउन देशभरका नेता तथा कार्यकर्तालाई अपिल गर्ने निर्णय गरेको छ । 

शनिबार काठमाडौंमा बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले पार्टीभित्रको एकता, आपसी सद्भाव र सहकार्यबाटै निर्वाचन लगायतका चुनौतीहरू सामना गर्न सकिने भन्दै एकता र सद्भाव कायम राख्दै अघि बढ्न देशभरका नेता तथा कार्यकर्तालाई अपिल गर्ने निर्णय गरेको प्रवक्ता प्रवक्ता देवराज चालिसेले जानकारी दिए । 

बैठकले निवर्तमान सभापति शेर बहादुर देउवाले पार्टीलाई पुराएको योगदान र दिएको नेतृत्वको उच्च मूल्याङ्कन गर्दै आभार व्यक्त गर्ने निर्णय गरेको उनले बताए । उनले आगामी दिनमा पनि पार्टीमा निवर्तमान सभापति देउवा लगायत अग्रज नेताहरूको अभिभावकत्व रहिरहने बैठकको विश्वास रहेको प्रवक्ता चालिसेले बताए । 

उनले अव पार्टी सम्पूर्ण रूपमा निर्वाचन केन्द्रित गतिविधिमा केन्द्रित हुने भन्दै टिकट वितरणका लागि संसदीय बोर्डमार्फत काम अघि बढाउने उल्लेख गरे ।  चालिसेले पार्टीको विधान र संविधान अनुसार नै पार्टीले आधिकारिता प्राप्त गरेकाले भिन्न मत राख्न जरुरी नरहेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप