नेकपा कर्णाली प्रदेश सभा संसदीय दलको नेतामा शाही चयन
सुर्खेत । नेपाली कम्युनिस्ट पार्टी कर्णाली प्रदेशसभा संसदीय दलको नेतामा मंगलबहादुर शाही चयन भएका छन् ।
शनिबार बसेको संसदीय दलको बैठकले मुगुबाट निर्वाचित प्रदेशसभा सदस्य शाहीलाई दलको नेता चयन गरेको हो ।
दलको नेताका लागि प्रदेशसभा सदस्य विन्दमान विष्ट, दुर्गाबहादुर रावत र मंगलबहादुर शाहीले दाबी नछोडेपछि ध्वनि मतले बहुमतको आधारमा शाही दलको नेतामा चयन भएका हुन् । दलको नेताका लागि शुक्रबारको बैठमा रणसिंह परियार र कृष्णबहादुर जिसीको पनि पनि दाबी परेको थियो । तर शनिबारको बैठकमा परियार र जिसीले सहमतिका लागि भन्दै दाबी छोडेका थिए ।
तत्कालीन माओवादी केन्द्र र एकीकृत समाजवादीबिच एकता हुनुअघि राजकुमार शर्मा माओवादी केन्द्रको संसदीय दलका नेता थिए । गत मंसिर १७ गते दलको नेताबाट राजनीतामा दिएर उनी जनार्दन शर्मा नेतृत्वको प्रगतिशिल लोकतान्त्रिक पार्टीमा लागेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेलायतमा सांसदको माग : ग्रोकले सहमतिबिना यौनजन्य तस्बिर बनाउन नसक्ने व्यवस्था गरियोस्
-
बालेन सरकार : विधि एकातिर, स्टन्टको भारी
-
नेकपा बागमतीमा चुलियो विवाद, माधव पक्षधर सांसदहरूले गरे बैठक बहिस्कार
-
भारतले धौलीगङ्गा बाँध खोल्ने, महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह
-
८ सरकारी निकायमा ६२२ दरबन्दी स्वीकृत : कुन निकायमा कति ? (सूचीसहित)
-
नारायणगढ–मुग्लिन सडकमा रातिमा यातायात सेवा बन्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण