सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र शान्ति–सुव्यवस्था कायम राख्न धनुषामा बैठक
सारांश
- धनुषामा सुनसरी घटनापछि सामाजिक सद्भाव कायम राख्न सर्वदलीय तथा सर्वपक्षीय बैठक सम्पन्न भएको छ ।
- बैठकले हिंसा, तोडफोड, आगजनी तथा सार्वजनिक र निजी सम्पत्तिमा क्षति पुर्याउने गतिविधिमा शून्य सहनशीलता अपनाउने र दोषीलाई कारबाही गर्ने निर्णय गरेको छ ।
- सामाजिक सञ्जालमा धार्मिक विद्वेष फैलाउने सामग्रीको निगरानी बढाउने र यस्ता गतिविधि नियन्त्रण गर्न समन्वय गर्ने निर्णय भएको छ ।
जनकपुरधाम। सुनसरीमा भएको घटनापछि जिल्लाभित्र सामाजिक सद्भाव कायम राख्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय धनुषामा मंगलबार सर्वदलीय तथा सर्वपक्षीय सद्भाव बैठक सम्पन्न भएको छ ।
बैठकमा सहभागी सरोकारवालाले जिल्लाभित्र शान्ति–सुव्यवस्था बिग्रिन नदिन हिंसा, तोडफोड, आगजनी तथा सार्वजनिक र निजी सम्पत्तिमा क्षति पुर्याउने गतिविधिप्रति शून्य सहनशीलताको नीति अपनाउने निर्णय गरेका छन् । यस्ता गतिविधिमा संलग्न व्यक्तिलाई प्रचलित कानुनबमोजिम कारबाही गरिने सहमति भएको छ ।
६ बुँदे निर्णय गर्दै बैठकले फेसबुक, टिकटकलगायत सामाजिक सञ्जालमार्फत धार्मिक विद्वेष, घृणा र साम्प्रदायिक तनाव फैलाउने सामग्रीको निगरानी बढाउने तथा यस्ता गतिविधि नियन्त्रण गर्न सम्बन्धित निकायले समन्वयात्मक रूपमा काम गर्ने निर्णय गरेको छ ।
बैठकले सामाजिक सञ्जालमा सामाजिक सद्भाव बिगार्ने किसिमका सामग्री राख्ने व्यक्तिमाथि मुलुकी अपराध संहिता ऐन, २०७४, विद्युतीय कारोबार ऐन, २०६३ तथा अन्य प्रचलित कानुनबमोजिम कारबाही गरिने निर्णय पनि गरेको छ।
अन्य निर्णयअनुसार धनुषा जिल्लाभित्र अवाञ्छित गतिविधि रोक्न विभिन्न धर्म र समुदायका अगुवा, नागरिक समाज, बुद्धिजीवी, राजनीतिक दल, सङ्घसंस्था तथा स्थानीय तहका जनप्रतिनिधिले निरन्तर पहल गर्नेछन् ।
प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलको अध्यक्षतामा भएको बैठकले जिल्लामा रहेका विभिन्न धर्म, जातजाति, भाषा र समुदायबिचको आपसी विश्वास तथा भाइचाराको सम्बन्ध थप सुदृढ बनाउन राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी, समुदायका अगुवा, स्थानीय तहका जनप्रतिनिधि तथा सामाजिक सङ्घसंस्थाले सक्रिय भूमिका निर्वाह गर्ने सहमति पनि गरेको छ।
यसका साथै कुनै पनि शान्तिपूर्ण विरोध कार्यक्रम सञ्चालन गर्नुअघि स्थानीय प्रशासनबाट पूर्वस्वीकृति लिएर मात्र कार्यक्रम गर्नुपर्ने निर्णय पनि बैठकले गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुत्केरीलाई प्रसूति बिदा ६ महिना पुर्याउने प्रस्ताव
-
सुनसरी घटनामा संयमता र सामाजिक सद्भाव कायम राख्न गगन थापाको अपिल
-
गोपालमान श्रेष्ठको निधनप्रति पूर्णबहादुर खड्काद्वारा दुःख व्यक्त
-
१० बजे १० समाचार : सुनसरीमा सद्भावका लागि अपिल, अस्पतालमा पनि आन्दोलन
-
सुनसरीका यी क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू (सूचनासहित)
-
कर्णालीमा मुख्यमन्त्री नियुक्त, अन्यमा कसरी हुँदै छ एमाले र नेकपाबिच ‘पावर सेयरिङ’ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण