युवती मृत फेला, माइती पक्षद्वारा निष्पक्ष छानबिनको माग
झापा । भद्रपुर नगरपालिका-१० चन्द्रगढीस्थित पोख्रेल टोलमा एक युवती आफ्नै घरमा मृत अवस्थामा फेला परेकी छन् । युवतीका मृतकका माइती पक्षले घटनालाई शङ्कास्पद भन्दै निष्पक्ष छानबिन र दोषीमाथि कानुनी कारबाहीको माग गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रञ्जन अवाका अनुसार ती युवतीको नौ महिनाअघि चन्द्रगढी निवासी प्रसिल कोइरालासँग विवाह भएको थियो । ती युवती गत सोमबार राति करिब ११ः४५ बजे घरभित्र झुन्डिएको अवस्थामा फेला परेकी थिइन् ।
घटनापछि मङ्गलबार बिहान माइती पक्ष तथा स्थानीयहरु जिल्ला प्रहरी कार्यालय झापा पुगेका थिए । उनीहरूले युवतीको मृत्यु सामान्य आत्महत्याको घटना नभई शङ्कास्पद रहेको दाबी गर्दै घटनाको निष्पक्ष अनुसन्धान गर्न माग गरेका छन् ।
युवतीको शव माइती पक्षले प्रादेशिक अस्पताल भद्रपुरमा परीक्षणका लागि सहमति नजनाएपछि धरान पठाइएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार घटनाको प्रकृति, मृत्युको कारण र घटनाअघि भएका गतिविधिबारे विस्तृत अनुसन्धान सुरु गरिएको छ ।
शव परीक्षण प्रतिवेदन, फरेन्सिक प्रमाण र अनुसन्धानबाट प्राप्त अन्य तथ्यका आधारमा घटनाको वास्तविकता सार्वजनिक गरिने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल कानुन आयोग ऐन संशोधनको मस्यौदा तयार, सुझाव दिन मन्त्री सोविता गौतमको आग्रह
-
पाइपलाइन, व्यापार र सुरक्षाबारे वार्ताका लागि इराकी प्रधानमन्त्री टर्कीमा
-
झापाबाट खैरो हेरोइन सहित भारतीय युवक पक्राउ
-
सुत्केरीलाई प्रसूति बिदा ६ महिना पुर्याउने प्रस्ताव
-
सुनसरी घटनामा संयमता र सामाजिक सद्भाव कायम राख्न गगन थापाको अपिल
-
गोपालमान श्रेष्ठको निधनप्रति पूर्णबहादुर खड्काद्वारा दुःख व्यक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण