नेकपा बागमतीमा चुलियो विवाद, माधव पक्षधर सांसदहरूले गरे बैठक बहिस्कार
सारांश
- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बागमती प्रदेशसभा संसदीय दलको बैठक माधव नेपाल पक्षधरले बहिस्कार गरेका छन् ।
- गत शनिबार नेकपाका संयोजक प्रचण्ड र एमालेका अध्यक्ष केपी शर्माबिच भएको तीन बुँदे सहमतिप्रति नेपाल समूह असन्तुष्ट रहेको चर्चा चलेको बेला यो बहिस्कार भएको छ ।
- सरकार गठन सम्बन्धमा छलफल गर्न बसेको बैठकमा साविक नेकपा एकीकृत समाजवादीका सांसदहरू अनुपस्थित रहेका छन् ।
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बागमती प्रदेशसभा संसदीय दलको बैठक सहसंयोजक माधव नेपाल पक्षधरले बहिस्कार गरेका छन् ।
प्रदेश राजधानी हेटौँडामा मंगलबार बसेको दलको बैठक नेपाल पक्षीय नेताहरूले बहिस्कार गरेका हुन् । गत शनिबार नेकपाका संयोजक प्रचण्ड र एमालेका अध्यक्ष केपी शर्माबिच सत्ता सहकार्य सम्बन्धी तीन बुँदे सहमतिप्रति नेपाल समूह असन्तुष्ट रहेको चर्चा चलेको बेला बागमतीमा उनी निकट सांसदहरूले बहिस्कार गर्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
सरकार गठन सम्बन्धमा छलफल गर्न दलका नेता शालिकराम जम्मकट्टेलको अध्यक्षतामा बसेको बैठकमा सरकारमा साविक नेकपा एकीकृत समाजवादीका सांसदहरू अनुपस्थित रहेको एक नेताले रातोपाटीलाई बताए ।
ती नेताका अनुसार बागमती सरकारका पूर्वआन्तरिक मामिला मन्त्री गङ्गानारायण श्रेष्ठ पनि अनुपस्थित रहेका थिए। २६ जना सांसदमध्ये बैठकमा गङ्गानारायण श्रेष्ठ, उपनेता कृष्ण खनाल, डा. राजेन्द्रमान श्रेष्ठ, लक्ष्मण लम्साल र ओम कुमारी श्रेष्ठ अनुपस्थित थिए। साविक एकीकृत समाजवादीबाट ६ जना निर्वाचित थिए।
'सङ्घीयतामाथि यावत प्रश्न उठिरहेको बेला केन्द्रका दुई नेताले गरेको सम्झौता अनुमोदन गर्नु मात्र सङ्घीयता हो ? विगतमा भएका गल्तिकमजोरीको समीक्षा गर्नुपर्छ कि पर्दैन ? ६/८ महिनाको लागि दुई थान मन्त्री र मुख्यमन्त्री बन्नका लागि मात्र छलफलमा सहभागी हुँदैनौ भनेर बैठकमा नगएका हौँ,'माधव निकट सांसद लक्ष्मण लम्सालले भने।
बागमतीमा सरकारको नेतृत्व नेकपाले दाबी गरेको थियो । तर भागबन्डा गर्दा यो प्रदेश एमालेकोमा परेपछि नेकपाभित्र असन्तुष्टि बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोकतन्त्रका लागि गोपालमान श्रेष्ठको योगदान सदा स्मरणीय रहनेछ : राष्ट्रपति पौडेल
-
भारतीय अनुदानमा बन्यो गुस्तल र प्रथमश्री महाविहार, १२ करोड लागतमा पुनर्निर्माण सम्पन्न
-
भोलि आकस्मिकबाहेकका सबै सेवा बन्द गर्ने चिकित्सक संघको घोषणा
-
सुनसरी घटनाबारे बोल्यो प्रधानमन्त्री कार्यालय
-
स्थानीयले साङ्केतिक रुपमा विरोध जनाएपछि सडक मर्मतमा जुट्यो नगरपालिका
-
विश्व ज्ञान सम्मेलनको तयारीमा जुट्यो एनआरएनए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण