मङ्गलबार, १२ साउन २०८३
ताजा लोकप्रिय

सरकारबाट कांग्रेस बाहिरिएपछि मुख्यमन्त्री आचार्यले सम्हाले पाँच मन्त्रालय

मङ्गलबार, १२ साउन २०८३, १९ : ३९
मङ्गलबार, १२ साउन २०८३

बुटवल । लुम्बिनी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका पाँच मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएपछि मुख्यमन्त्री चेतनारायण आचार्यले मन्त्रालयहरूको जिम्मेवारी हेरफेर गर्दै नयाँ कार्यविभाजन गरेका छन्।

मुख्यमन्त्री आचार्यले प्रदेश सरकार कार्यविभाजन नियमावली, २०७९ को नियम ४ को उपनियम (२) बमोजिम मन्त्रालयहरूको कार्यभार पुनः बाँडफाँट गर्दै मन्त्रिपरिषद्को नयाँ कार्यविभाजन निर्धारण गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार दशरथ घिमिरेले जानकारी दिए।

नयाँ कार्यविभाजनअनुसार मुख्यमन्त्री आचार्यले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँगै आर्थिक मामिला तथा योजना मन्त्रालय, शहरी विकास तथा खानेपानी मन्त्रालय, उद्योग, पर्यटन तथा यातायात मन्त्रालय, वन तथा वातावरण मन्त्रालय तथा सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पनि आफैँ सम्हाल्ने भएका छन्।

यसअघि शहरी विकास तथा खानेपानीमन्त्री सरोज थापा, आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्की, उद्योग, पर्यटन तथा यातायातमन्त्री प्रचण्डविक्रम न्यौपाने, सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिना तथा वन तथा वातावरणमन्त्री देवकरणप्रसाद कलवारले मंगलबार मन्त्री पदबाट सामूहिक रूपमा राजीनामा दिएका थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप