यी हुन् नेकपाले कोशीमा टुंग्याएका ९ उम्मेदवार
शनिबार, ०३ माघ २०८२, १८ : ४२
विराटनगर । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले कोशी प्रदेशमा ९ जनाको उम्मेदवारी टुंगो लगाएको छ, जसमध्ये कतिपयलाई त टिकट नै वितरण गरिसकेको पार्टीले जनाएको छ ।
नेकपाका नेता हरिबोल गजुरेल सितलकुमारका अनुसार झापा ५ मा रञ्जित तामाङ, भोजपुरमा अजम्बर काङमाङ राई, ताप्लेजुङमा खेलप्रसाद बुढाथोकी र पाँचथरमा हर्कबहादुर नेम्वाङ (मिक्सो)को नाम टुंग्याइएको छ । उनीहरूलाई पार्टी अध्यक्ष प्रचण्डले टिकट हस्तान्तरण गरिसकेका छन् ।
यस्तै नेकपाले सुनसरी १ मा मनोज भट्टराई, मोरङ ४ मा अमनलाल मोदी, मोरङ ५ मा शिवकुमार मण्डल र मोरङ ३ मा डाक्टर देउमान सम्बाहाम्फेको नाममा अन्तिम टुंगो लगाएको छ । टिकट वितरणको काम भने आइतबार दिनभरमा सकिने गजुरेलको भनाइ छ । यस्तै झापा १ मा अशेष घिमिरेको नाम नेकपाले टुंग्याएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेटको आकार वृद्धि गर्दै सुदूरपश्चिम सरकार
-
५०० दरका नक्कली नोटसहित महिला पक्राउ
-
जेनजी सहिद स्मारकको काम अलपत्र
-
ट्राफिक प्रहरीद्वारा एकै दिन साढे १० लाख राजस्व दाखिला
-
ट्रम्पद्वारा ‘रणनीतिक जित’ को दाबी, तर सम्झौताका सर्तबारे प्रश्नैप्रश्न
-
नेकपामा चुलियो असन्तुष्टि : प्रचण्ड–माधवले नेतृत्व गर्न सक्दैनन् !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण