बजेटको आकार वृद्धि गर्दै सुदूरपश्चिम सरकार
सारांश
- सुदूरपश्चिम प्रदेश सरकारले आज आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गर्दैछ।
- प्रदेश सरकारले चालु आर्थिक वर्षको तुलनामा बजेटको आकार वृद्धि गर्ने तयारी गरेको छ।
- आज प्रस्तुत हुने बजेटले प्रदेशको विकास प्राथमिकता, राजस्व व्यवस्थापन र पूर्वाधार निर्माणका योजनालाई स्पष्ट दिशानिर्देश गर्ने अपेक्षा गरिएको छ।
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आज आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गर्दैछ।
प्रदेश सरकारले चालु आर्थिक वर्षको तुलनामा बजेटको आकार वृद्धि गर्ने तयारी गरेको छ।
चालु आर्थिक वर्ष २०८२/८३ मा प्रदेश सरकारले ३१ अर्ब ६२ करोड ९८ लाख रुपैयाँको बजेट ल्याएको थियो। प्रदेश सभामा आज अपराह्न बजेट प्रस्तुत गर्ने कार्यसूची तय गरिएको छ। बजेट सार्वजनिक हुनुअघि मन्त्रालयहरूमा अन्तिम तयारी तीव्र बनाइएको छ।
यसैबिच, केही दिनअघि मन्त्रिपरिषद् पुनर्गठन हुँदा आर्थिक मामिला मन्त्रालयसहित तीन मन्त्रालयमा मन्त्री परिवर्तन भएका थिए। आर्थिक मामिला मन्त्रीको जिम्मेवारी सम्हालेका विक्रमसिंह धामीले बजेटका केही प्राथमिकता र कार्यक्रम पुनरावलोकन गरेका छन्।
आज प्रस्तुत हुने बजेटले प्रदेशको विकास प्राथमिकता, राजस्व व्यवस्थापन र पूर्वाधार निर्माणका योजनालाई स्पष्ट दिशानिर्देश गर्ने अपेक्षा गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सम्झौताले पश्चिम एसियालाई ५० वर्षका लागि रूपान्तरण गर्न सक्छ’
-
होल्डिङ सेन्टरका सुकुमबासीको आर्तनाद : सरकारले खानाको व्यवस्था नगरेको भन्दै सुरु गरे आन्दोलन
-
राष्ट्रिय युवा संघले ‘एक पालिका–एक उत्पादन’ कार्यक्रम सञ्चालन गर्ने
-
सुन प्रतितोला २ लाख ९८ हजार २०० रुपैयाँ पुग्यो
-
आज रास्वपाको सुदूरपश्चिम प्रदेश अधिवेशन
-
चतुर्भुज परियोजना : अर्थतन्त्रको ‘गेमचेन्जर’ योजना, तर कार्यान्वयनमा शङ्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण