प्राइड क्यासिनो लुटपाट प्रकरणमा थप सात जना पक्राउ
आइतबार, ०४ माघ २०८२, १७ : १५
सारांश
- काठमाडौँको बौद्धस्थित क्यासिनो प्राइडमा लुटपाटमा संलग्न आरोपमा प्रहरीले थप ७ जनालाई पक्राउ गरेको छ।
- यसअघि पक्राउ परेका ३ जनासहित, लुटपाटमा संलग्न भएको आरोपमा १० जना पक्राउ परिसकेका छन्।
- पक्राउ परेका व्यक्तिहरूमाथि लुटपाट र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ।
काठमाडौँ । काठमाडौँको बौद्धमा सञ्चालित प्राइड इन्टरटेनमेन्ट प्रालि ‘क्यासिनो प्राइड’ लुटमा संलग्न आरोपमा प्रहरीले थप ७ जनालाई पक्राउ गरेको छ ।
जेनजी प्रदर्शन हुँदा गत भदौ २४ मा क्यासिनोबाट करिब १४ करोड लुटेको आरोपमा यसअघि ३ जना पक्राउ परेका थिए । यसअघि दावा शेर्पा ‘सेठ्ठी’, रञ्जित खड्गी ‘रने’ र दोर्जे शेर्पा पक्राउ परेका हुन् । लुटमा संलग्न आरोपमा थप ७ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले रातोपाटीलाई बताए ।
पक्राउ पर्नेमा काठमाडौँ घर भएका मनहरी पौडेल, नुवाकोटका रञ्जन तामाङ र काठमाडौँ घर भएका करण डंगोल छन् ।
उनीहरू विरुद्ध प्रहरीले लुटपाट र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा म्याद लिएर अनुसन्धान गरिरहेको छ । सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान गर्न ९० दिनको समय हुने कानुनी व्यवस्था छ ।
छुटाउनुभयाे कि ?
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा फ्रान्सको रूपान्तरण: आलोचनाबाट उपाधि दाबेदारसम्म
-
दुई जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
रास्वपाले गठन गर्यो तीन आयोग
-
फेसबुकमै बोल्न डरमर्दो अवस्था : प्रविधिजन्य हिंसा नियन्त्रण गर्न राष्ट्रिय सभामा संकल्प प्रस्ताव दर्ता
-
डा. चेतना पौडेल जोडिएको रिट खारेज
-
भारतीय नीतिमा परिमार्जनसँगै नेपाली चिया निर्यात सहज, सुपारीको समस्या सल्टाउन पहल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण