बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
कर्णाली प्रदेश

टिकट वितरणमा असन्तुष्टि: जाजरकोटमा एमालेबाट निर्वाचित गाउँपालिका अध्यक्षले त्यागे पार्टी

आइतबार, ०४ माघ २०८२, २२ : २८
आइतबार, ०४ माघ २०८२

सारांश

  • एमालेले फागुन २१ गते हुने उपनिर्वाचनका लागि जाजरकोटबाट डम्बर बहादुर सिंहलाई उम्मेदवार बनाउने निर्णय गर्यो।
  • स्थानीय नेता तथा कार्यकर्ताले नीरज आचार्यलाई टिकट दिनुपर्ने माग गरे पनि सिंहलाई उम्मेदवार बनाइएपछि असन्तुष्टि बढ्यो।
  • जुनीचाँदे गाउँपालिकाका अध्यक्ष बेद बहादुर शाहीले पार्टी परित्याग गर्दै पार्टीमा अधिनायकवाद र नातावाद हाबी भएको आरोप लगाए।

‎सुर्खेत । नेकपा (एमाले) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि जाजरकोटबाट डम्बर बहादुर सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेसँगै पार्टीभित्र तीव्र असन्तुष्टि देखिएको छ । 

‎‎शनिबार पार्टी मुख्यालयमा बसेको सचिवालय बैठकले सिंहको नाम टुङ्ग्याएको थियो ।

‎‎जाजरकोटका स्थानीय नेता तथा कार्यकर्ताले युवा नेता नीरज आचार्यलाई टिकट दिनुपर्ने माग गर्दै आएका थिए । ‎‎आचार्यको पक्षमा जनमत हुँदाहुँदै उनलाई पन्छाएर सिंहलाई उम्मेदवार बनाइएपछि असन्तुष्टि चुलिएको हो ।

‎‎यही असन्तुष्टिकाबिच जाजरकोटको जुनीचाँदे गाउँपालिकाका अध्यक्ष बेद बहादुर शाहीले पार्टी परित्यागको घोषणा गरेका छन् ।

‎०७९ को स्थानीय निर्वाचनमा एमालेबाट निर्वाचित भएका शाहीले सामाजिक सञ्जाल फेसबुकमार्फत आजैका मितिदेखि पार्टीको साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएको जानकारी गराएका हुन् ।

‎‎आफ्नो घोषणामा शाहीले पार्टीभित्र अधिनायकवाद लादिएको, नातावाद र कृपावाद हाबी भएको बताएका छन् । ‎‘इतिहास बोकेका र जनआधार भएका नेता–कार्यकर्तालाई नियोजित रूपमा पन्छाउन खोजिएको छ,’ उनले भने ।

sahi bedu

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप